सन्दकपुर । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरमा आयोजित प्रथम सन्दकपूर महोत्सवको तयारी तिब्र भएको छ । अनौपचारिक रुपमा गत चैत्र २४ बाट शुरु भएको प्रथम सन्दकपुर महोत्सवको कोशि प्रदेशका प्रमुख परसुराम खापुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

बैशाख ५ बाट १० गतेसम्म आयोजना हुने औपचारिक कार्यक्रमलाई सफल बनाउन सन्दकपुरबासी, जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएर उद्घाटन कार्यक्रमको तयारीमा रहेका छन् ।

अहिले औपचारिक कार्यक्रम गरिने सहिद सातखाण्डे फुटबल मैदानमा स्टल निर्माणको काम तिब्र गतिमा भइरहेको छ । पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको भोली बिहान १२ बजेबाट उद्घाटन हुने प्रथम सन्दकपुर महोत्सव मुल आयोजक समितिका अध्यक्ष जिवन सिवाले बताए । गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको जानकारीमुलक फोटोबुकको पनि सार्वजनीक गर्ने उद्घाटन कार्यक्रममा रहेको छ ।

संघीय सरकारले कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य घोषित सन्दकपुर डाँडा, घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषित माइपोखरी लगायत दर्जनौ पर्यटकीस्थलल रहेको सन्दकपुरको समग्र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।

प्रथम पटक आयोजना भएको महोत्सवबाट पालिकाको एकिकृत पर्यटन विकासको थालनी हो अध्यक्ष गुरुङ्गले भने–हामी कृषि उत्पादन बढाई यहाँ आउने पर्यटकहरुलाई आफ्नै उत्पादनको स्वादमा रमाउने र अर्थतन्त्र विकास गर्ने योजना बनाएका छौँ । गाउँपालिकाले अर्थतन्त्रको आधार कृषि र पर्यटनबाट विकास गर्ने लक्ष्य लिएकाले हाम्रो बढी ध्यान कृषि उत्पादन र पर्यटक भित्र्याउने योजनावद्ध विकास आगामि दिनमा हुने उपाध्यक्ष हरि लुङ्गेलीले बताए । हाम्रो अर्थतन्त्रको आधार कृषि पछि पर्यटनलाई रोजेकाले अब हामी आगामि बजेटबाट त्यहि अनुसार बजेट विनियोजन गर्ने योजना बनाएका छौँ उनले भने ।

महोत्सवमा कृषि उपज, दूग्ध परिकार, जातिय सस्कृति, स्थानीय परिकार र पर्यटकीयस्थलको प्रचारका लागि प्रवद्र्धनात्मक ६१ वटा स्टलको व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । संघीय सरकारबाट २०७६ सालमा एक प्रदेश एक सास्कृतिक ग्राममा घोषित भई पर्यटन पूर्वाधारका काम हुँदै आएका सन्दकपृर गाउँपालिकामा पर्यटनका माध्यमबाट बढी भन्दा बढी स्थानीय बजारहरुलाई चलायमान गरि अर्थतन्त्रको विकास गर्न प्रचारप्रसारको रुपमा महोत्सव आयोजना गरिएको उनले बताए ।
कोरोनामा माहामारीका कारण देशको पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा त्यसलाई पुनः चलायमान गर्न र गाउँपालिकाभित्रकै नागरिकलाई पर्यटन पदयात्रा गर्नसँगै भ्रमणको सस्कृति विकास गर्न महोत्सवको आयोजना भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईको भनाइ छ । सन्दकपुर महोत्सवमा आउने पर्यटकहरुका लागि पालिकाको मुख्य प्रशासकिय केन्द्र देउराली बजार, माईपोखरी आसपास क्षेत्रका होटल होमस्टेमा खाने बस्नेको व्यवस्था मिलाइएको आयोजक समितिका सचिव रुपेन नेम्बाङले बताए ।

महोत्सवको प्रचारप्रसारको काम तिब्र रुपमा भएकाले हामीले आन्तरिक पर्यटक बढीभन्दा बढी सन्दकपुरका विभिन्न पर्यटकीयस्थलमा भ्रमण योजना रहेको प्रचारप्रसार समितिका संयोजक सुरेश मगरले बताए । उनले भने– हाम्रो तयारी १ लाख सन्दकपुरका पर्यटकीयस्थलमा घुमाउने योजना रहेको छ । प्रथम सन्दकपुर महोत्सव अन्तरगत गत चैत्र २४ गतेबाट बैशाख १ गतेसम्म सन्दकपुर गोल्डकपको आयोजना गरिएको थियो । त्यसै बैशाख १ गते इलाम माईपोखरी देउराली अन्तराष्ट्रिय म्याराथुम प्रतियोगिता आयोजना गरिएको थियो । बैशाख २ गते सन्दकपुर ५ को पर्यटकिस्थल ढापपोखरीमा सास्कृतिक उत्सवको आयोजना गरिएको थियो । महोत्सवको कार्यक्रम अन्तरगत पर्यटकीयस्थल टोड्के झरनामा भलिबलल प्रतियोगिता र स्थानीय परिकारहरुको प्रदर्शनी आयोजना गरिएको वडाध्यक्ष समन राईले बताए । महोत्सव अन्तरगत देशका विभिन्न क्षेत्रबाट सन्दकपुर आएका साइकल राईडरबाट साइक्लिङको आयोजना गरिएको थियो ।
सन्दकपुर गाउँपालिकाको परिचय
नेपालको सुदुरपुर्वी जिल्ला इलाम, कोशी प्रदेशको १४ जिल्लामध्ये महाभारत पर्वतको बदनमा रहेको सुन्दर हरियाली गाउँपालिका हो सन्दकपुर। राज्यको पुनःसंरचनाले इलाम जिल्लालाई १० स्थानीय तहमा विभाजित गरेको छ । इलामको ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृष्टिले सबैभन्दा अब्बल र उत्कृष्ट प्राकृतिक गन्तव्य स्थल हो ।
दक्षिणमा माईटारबेसीदेखि उत्तरमा हिउँ तुसारो जम्ने सन्दकपुरको चुचुरोसम्म पूर्वमा आलेभञ्ज्या∙ देखि पश्चिममा थाक्लेभञ्ज्या∙ सम्मको चार सीमानाभित्र समेटिएको प्राकृतिक भु–बनोट, वहुमुल्य जडिबुटी दुलर्भ वन्यजन्तु, जैविक विविधताले सम्पन्न, विभिन्न जातजातिको फरक फरक भाषा सँस्कृति लोभैलाग्दो रहनसहन रितिरिवाज,मनोरम प्राकृतिक छटा र कृषिमा आधारित लगनशील जीवनशैलीले सन्दकपुर
गाउँपालिका साच्चिकै सिंगारिएको छ ।
समुन्द्र सतहबाट ९ सय देखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको सन्दकपुर गाउँपालिकाको नामकरण विश्वमै प्रख्यात पर्यटकीय स्थल सन्दकपुर डाँडाबाट राखिएको हो । प्राचीन शासक लेप्चा जातिको भाषा ‘सन्दक्फु” नामबाट अपभ्रम्स भई सन्दकपुर नामाकरण भएको हो । लेप्चा भाषामा सन्दक्फुको अर्थ यहाँ पाईने बहुमुल्य जडिबुटी बिख्मा भन्ने बुझिन्छ ।
भारतीय पर्यटन नक्साको उत्कृष्ट १ नम्बरमा राखिएको सन्दकपुर, सन्दक्फु नामले पनि प्रख्यात छ । प्राकृतिक रमणियता साँस्कृतिक विविधता, भौगोलिक विषमतायूक्त हावापानी र विविध जातिय संस्कृति हेर्न वर्षेने हजारौ पर्यटक सन्दकपुर गाउँपालिका क्षेत्रका विभिन्न पर्यटकीय स्थलहरुमा आउने गरेका छन् ।
सिंहलिला र महाभारत पर्वतश्रृंखलाबाट उत्पन्न पवित्र माई नदी र दर्जनौ नदीनाला, विश्व सम्पदा सुचिमा सुचिकृत माईपोखरी रामसार क्षेत्र, अन्य सिमसार क्षेत्र, रेडपाण्डा, ठकठके, गलैंचे झ्याउ जस्ता लोपोन्मुख थुप्रै वन्यजन्त र वनस्पति, वनजंगलभरी हुलका हुल चराका बथान,क्षितिज भरिका हिमश्रङ्खला, तालतलैया, झरना, छाँगा छहरा र यहाँका पौरखि किसानहरुले गरेका कृषि उत्पादन तथा पशुपालन व्यवसाय सन्दकपुर गाउँपालिको आकर्षणका केन्द्र हुन् ।
टावर झै ठडिएका अग्ला डाँडा र थुम्का थुम्कीबाट देखिने सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य लोपउन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे), गाउँपिच्छे भेटिने पुराना गुम्बा मठमन्दिर तथा ढु∙ाका देविस्थान लगायतका धार्मिक तथा ऐतिहासिक साँस्कृतिक सम्पदाहरु सन्दकपुर गाउँपालिकाको पर्यटनको थप आकर्षणहरु हुन् ।स्थानीय संस्कृति र परिकारको स्वादमा रमाउँदै हिउँसँगै सधैँभरी खेलिरहुँ झै मनै लोम्याउने दर्जनौ सुन्दर हिमालहरु, निश्चल पानी भित्रै डुबुल्कि मारिरहौँ झै सजिएका दर्जर्नौ प्राकृतिक पोखरीहरु, अग्लाअग्ला सुन्दर हरियाली डाँडाहरुमा बादलुको घुम्टोभित्र लुकामारि खेल्दै, हावासँग सुसेलिदैँ, वन्यजन्तु र चराहरुको चिरबिर आवाजमा रम्न तपाईपनि सन्दकपुर गाउँबासिको आत्मिय सत्कार र अनुपम प्रकृतिमा लुटपुटिन आउनुहोस् । हामी तपाईको स्वागत गर्न आतुर छौं ।