Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

डिपोमै कृषि मल अभाव हुदा कृषक समस्यामा

डिपोमै कृषि मल अभाव हुदा कृषक समस्यामा

  • गोपाल गिरी
  • मंगलबार, चैत्र २८ २०७९


डिपोमै कृषि मल अभाव हुदा कृषक समस्यामा

कन्याम । खाद्यान्न लगायतका बालीका लागि भनेर सूर्योदय नगर पालिका भित्र का सहकारी लाई डिपो सन्चालनको लागि नगर बाट निवेदन आह्वान भए अनुसार जम्मा २० वटा लाई कारोबारको अनुमती दिएकोमा हाल१८वटा सहकारीले कृषि मल विक्री वितरण को कार्य गरिरहेको छन् ।सुर्योदय नगरपालिका वडा नम्बर ६ कन्याम मा रहेको हुरहुरे चिया उत्पादक सहकारी संस्थाले कृषि मल वितरण को लागि डिपो सन्चालनमा ल्याएको २ वर्ष पूरा भयो तर मल अभावमा सबै कृषक ले मल पाउन सकेको कृषकको गुनासो छ । कृषकहरूको उल्लेख्य संख्या रहेको यस वडामा एक कृषकले बोराका बोरा मल गाडी बाट झारिरहदा छिमेकी कृषक मुखदर्शक बनेर चुपचाप उक्त दृश्य हेरिरहनु पर्ने विवस्तामा छन् । २०७०सालमा स्थापना भएको हुरहुरे चिया उत्पादक सहकारी संस्था अन्तर्गत संचालित डिपोमा उक्त डिपोले आफ्ना शेयर सदस्य तथा त्यहा कारोबार गर्ने कृषकलाई लाई मात्रै प्राथमिकतामा राखेर मल वितरण गर्ने गरेको यस क्षेत्रका कृषकहरुको आरोप छ।
सहकारी संस्थाका अध्यक्ष तथा डिपो सन्चालक प्रेम राज आचार्यले ले भने मल सबैलाई पुर्‍याउन नसकिएको स्वीकार गर्दै आफ्नो शेयर सदस्य लाई मात्रै मल वितरण गरेको भन्ने आरोप झुठो रहेको प्रष्ट पारेका छन् ।उनले आफ्नो कार्य क्षेत्र बृहत रहेको र माग गरिए अनुसारको मल सम्वन्धित निकायले नदिए पछि कृषकलाई पुर्‍याउन गाह्रो भएको बताएका छन् ।
ूहाम्रो क्षेत्रमा ४०००बोरा मल भए सबैलाई पुग्ने हो तर ३०० देखि ३५०बोरा मात्रै पाईन्छ यसले गर्दा समस्या छ। नगरमै एक पटकमा २०मेट्रिक टन अर्थात ४००बोरा छुट्टिदो रहेछ । त्यसलाई हरेक डिपो हरुमा पुर्‍याउदा ३०बोराको दरले पर्न आउँछ यतिले पुग्दैन ।ूआचार्यले भने । आफ्नो वितरण क्षेत्र पर्ने तर शेयर सदस्य नभएका कन्याम, फाजीगाउँ लगायतका ठाउँका कृषकले समेत मल लाने गरेको जानकारी दिदै उनले आफूले कसैलाई विभेद नगरेको प्रष्ट पारेका छन ।आफ्नो सस्थामा ६५जनाको शेयर रहेको र शेयर भन्दा बाहिर २०प्रतिशतले मल लाने गरेको पनि उनले खुलाएका छन् त्यसै गरि आफ्नो कार्य क्षेत्र भरिका कृषकले सामुहिक रुपमा आवाज उठाएर पर्याप्त मल आउन वातावरण बनाउन समेत सबै कृषक लाई आग्रह गरेका छन् ।यस डिपो बाट नगरले तोकेको न्युनतम मूल्य ११००र(को दरले कृषकलाई मल विक्री वितरण हुदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार