इलाम । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । विभिन्न माग राखि किसान महासंघ क्रान्तिकारी केन्द्रले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई किसान महासंघ इलाम समन्वय समिति संयोजक यदुनाथ दुलालले ज्ञापन पत्र हन्तान्तरण गरेका थिए ।

नेकपा मओवादी केन्द्र प्रदेश कमिटि सदस्य प्रभास सर्मा, इलाम नगर अध्यक्ष विक्रिम लिम्बु लगायतको किसान महासंघकाका पदाधिकारी र सदस्यको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुक्राएको हो । ज्ञापन पत्रमा किसानलाई आवश्यक गुणस्तरीय विऊ र मलको व्यवस्था गर्नुपर्ने, गुणस्तरीय कृषि उपज उत्पादनका लागि पहल गर्नुपर्ने,नक्कली बिषादी प्रयोग रोक्नुपर्ने, कृषि क्षेत्रमा उत्पादकत्व र उत्पादन वृद्धिकालागि ठोस निति ल्याउनुपर्ने लगायतका माग रहेका छन् । यसैगरि ज्ञापन पत्र इलाम नगजनाएकोरपालिकाम पनि बुझाउने कार्यक्रम किसान महासंघले जनाएको छ ।
