Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नयाँ वर्षमा हुने प्रथम खुला इलाम– माइपोखरी म्याराथन—२०८० को तयारी तिब्र

नयाँ वर्षमा हुने प्रथम खुला इलाम– माइपोखरी म्याराथन—२०८० को तयारी तिब्र

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र २६ २०७९


नयाँ वर्षमा हुने प्रथम खुला इलाम– माइपोखरी म्याराथन—२०८० को तयारी तिब्र

सन्दकपूर । प्रथम खुला इलाम माइपोखरी म्याराथन—२०८० सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति र प्राविधिक सहयोग समिति समेत गठन भई तयारी तिब्र भएको छ । यस म्याराथन दौड पुरुषतर्पm इलाम गोदक जौवारीदेखि इलामबजार हुँदै माइपोखरी सातखाल्डे खेलमैदानसम्म र महिलातर्पm इलाम ठूलो टुँडिखेलदेखि माइपोखरी सातखाल्डे खेलमैदानसम्म आयोजना हुनेछ ।
यसले इलामको पर्यटन प्रवर्धनका साथै खेलाडीहरुमा उत्प्रेरणा तथा प्रोत्साहन हुने विश्वास गरिएको आयधअोिजक समितिमध्ये सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । यस म्याराथनको अन्तिम बिन्दु माइपोखरी सातखाल्डेमा पुरस्कार वितरण तथा धावकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेकोछ । सो कार्यक्रमपश्चात प्रथम सन्दकपुर महोत्सवको कार्यक्रम अन्तर्गत सन्दकपुर देउरालीमा फुटबल कार्यक्रम समेत आयोजना हुने इलाम नगरपालिका प्रमुख केदार थापाले बताए । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजना, जिल्ला खेलकूद विकास समिति, इलाम नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव २०७९।०८० मूल आयोजक समितिको सह आयोजनामा म्याराथन प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहयोग र अजोड इन्स्योरेन्सको बीमा प्रायोजनमा मिति २०८० साल बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन दौड महिला र पुरुष हुने र यस प्रतियोगितामा महिला र पुरुष ७० जना भन्दा बढी म्याराथन धावकहरुको सहभागिता रहने अपेक्षा राखिएको छ ।

यस म्याराथन दौडका विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित पुरुषतर्पm पहिलो पुरस्कार २ लाख ५० हजार, दोस्रो १ लाख ५० हजार, तेस्रो १ लाख, चौथो ५० हजार, पाँचौ ४० हजार, छैटौ ३५ हजार, सातौ २५ हजार, आठौ २० हजार, नवौ १५ हजार, दसौ १० हजार र महिलातर्पm पहिलो पुरस्कार १ लाख, दोस्रो ५० हजार, तेस्रो ३५ हजार, चौथो २५ हजार पाँचौ १० हजार नगद राशी उपलब्ध हुनेछ ।

मिति २०८० साल बैशाख १ गते बिहान ७।३० बजे पुरुषतर्पmको म्याराथन इलाम नगरपालिका वडा नं १० को गोदक नारायणचोकबाट राजदुवाली, भन्ज्याङ्ग, महानन्दचोक, ठूलो टुँडिखेल, इलामबजार, धोवीधारा, बिप्ल्याटे, बरबोटे, जस्विरे, माइपोखरी, सातखाल्डे खेलमैदानसम्म हुनेछ भने महिलातर्पmको म्याराथन ठूलो टुँडिखेलबाट बिहान ९ बजे शुरु भई उल्लेखित रुट अनुसार हुनेछ ।

मिति २०८० बैशाख १ गते नववर्ष २०८० को पहिलो दिन भएको हुनाले नव वर्षको स्वागतसँगै म्याराथन धावकहरुलाई हौसला तथा इलाम पर्यटकीय नगर भएकोले पर्यटन प्रचारप्रसारका माध्यमबाट यस क्षेत्रको आर्थिक समृद्धिका लागि जनचेतना जगाउने र प्रथम सन्दकपुर महोत्सव २०७९।०८० को प्रचारप्रसार समेतका लागि इलाम नगरपालिका वडा नं १० को गोदक नारायणचोकबाट राजदुवाली, भन्ज्याङ्ग, महानन्दचोक, ठूलो टुँडिखेल, इलामबजार, धोवीधारा, बिप्ल्याटे, बरबोटे, जस्विरे, माइपोखरी, सातखाल्डे खेलमैदानसम्मको सडक रुटको दायाँबायाँ पर्ने पसल, होटल र घरहरुको अग्रभागमा जलघडा साथै स्वागत ब्यानर राख्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार