Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सामुदायिक वन महासंघ चुलाचुलीको अध्यक्षमा दंगाल

सामुदायिक वन महासंघ चुलाचुलीको अध्यक्षमा दंगाल

  • अनिल लावती
  • बुधबार, चैत्र २२ २०७९


सामुदायिक वन महासंघ चुलाचुलीको अध्यक्षमा दंगाल

चुलाचुली । सामुदायिक वन महासंघ चुलाचुलीको अध्यक्षमा चन्द्र दंगाल निर्वाचित भएका छन् । आज चुलाचुली गाउँपालिका भरीका ११ वटा सामुदायिक वनहरुको छाता संगठनको अध्यक्षमा दंगाल निर्वाचित भएका हुन् । उनको नेतृत्वमा १७ सदस्यीय कार्य समिति रहेको छ ।

टेक बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघको केन्द्रिय कोषाध्यक्ष पार्वता गौतम रहेकी थिइन् । कार्यक्रममा महासंघका जिल्ला उपाध्यक्ष तिल बहादुर तुम्वाहाम्फे लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार