इलाम । नेपाल लेखक संघ इलामको अध्यक्षमा हरि फुयल चयन भएका छन् । इलामका कवि, लेखकहरूको बैठकले कवि तथा अध्येता हरिनाथ फुँयलको अध्यक्षतामा ११ सदस्यीय नेपाली लेखक संघ इलाम जिल्ला समिति गठन गरेको हो । सोही भेलाले ३ सदस्यीय सल्लाहकार समिति र ५ जना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।