फिक्कल । प्रेस चौतारी इलामको आयोजनामा सूर्योदय नगरपालिका आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । नगरपालिको आर्थिक सहयोगमा आजबाट तालिम सुरु भएको हो । चौतारीका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा भएको तालिम उद्धघाटनको प्रमुख अतिथि सूर्योदय नगर उपप्रमुख दुर्गाकुमार बराल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बराल, प्रेस चौतारीका फ्रयाक्स इन्चार्ज एवम सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेल, प्रेस सेन्टर इलाम सचिव नमिन ढकाल, प्रेस युनियनका प्रतिनिधि लोकेश भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । प्रेस चौतारीका उपाध्यक्ष योगेन्द्र शंकरले स्वागत गरेको कार्यक्रम सहसचिव सरिता राईले संचालन गरेकी छन् ।
आगामी चैत्र २० गतेसम्म चल्ने तालिममा नगरका विभिन्न वडाबाट २० जना भन्दा बढिको सहभागिता रहेको छ ।