Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

बहुपहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा दृढ : माओवादी केन्द्र प्रदेश समिति

बहुपहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा दृढ : माओवादी केन्द्र प्रदेश समिति

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १८ २०७९


बहुपहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा दृढ : माओवादी केन्द्र प्रदेश समिति

नेकपा माओवादी केन्द्र प्रदेश समितिले बहुपहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा पार्टी दृढ रहेको उल्लेख गरेको छ । पार्टीले पहिचान पक्षधरको प्रतिकुल अंकगणित रहेको अवस्थामा प्रदेशसभाबाट पारित गरी प्रदेशको नामाकरण गरिएको सन्र्दभमा प्रदेश पार्टी र संसदीय दलले गम्भिरतापुर्वक छलफल र समिक्षा गरेको उल्लेख गरेको छ । पार्टीका अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशिल) द्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘

हाम्रो पार्टीले स्थापित गरेको र अङ्गिकार गर्दै आएको संघीयता र पहिचान सम्बन्धी नीतिमा कुनै परिर्वतन नभएको साथै यस प्रदेशका विभिन्न पहिचानलाई दृष्टिगत गरी बहुपहिचानका आधार नै प्रदेशको नामाकरण हुनुपर्छ भन्ने कुरामा प्रदेश पार्टी दृढ मत र निर्णय रहेको कुरा स्पष्ट पार्न चाहान्छौ । यस सन्र्दभमा पहिचान पक्षधरहरुको प्रतिकुल अंकगणित रहेको अवस्थामा प्रदेशसभाबाट पारित गरी प्रदेशको नामाकरण गरिएको सन्र्दभमा प्रदेश पार्टी र संसदीय दलले गम्भिरतापुर्वक छलफल र समिक्षा गरिरहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौ ।’

उत्पीडितहरु मध्ये पनि उत्पीडित जनताको हिस्सालाई नीति निर्माण र कार्यान्वयन तहमा सक्रिय सहभागि बनाउने मर्म सहित संघीयता लागु गर्न खोजिएको विज्ञप्तीमा उल्लेख छ । ‘शिक्षा स्वास्थ्य, कृषि, उद्योग, कर्मचारी प्रशासन आदिमा प्रदेशको स्वायत्तता कायम रहने संघीयता र सोही सार अनुसारको रुप अर्थात बहुपहिचान नामका निम्ति संघर्ष गर्न हाम्रो पार्टी प्रतिवद्ध छ । पहिचान पक्षधर संघसंस्था पार्टी र समुदायहरुले पनि यस बिषयमा गम्भिर समिक्षा गर्दै भावि आन्दोलनलाई सफल बनाउन साझा एजेन्डा र साझा बिषयहरुमा सहकार्य सहित नयाँ सिमाङकन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावनाहरुमा पनि बहस जरुरी रहेको स्पष्ट पार्न चाहन्छौ ।’

पार्टीले नामाङकन सच्याउन पहिचान पक्षधर विभिन्न संघसंस्थाहरुले चलाइरहेको शान्तिपुर्ण आन्दोलन प्रति समर्थन र ऐक्युवद्धता जनाएको छ । आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने पदम लिम्बु (लाजेहाङ्ग) लाई सहिद घोषणा गर्न समेत जोडदार माग गरेको छ । आन्दोलनका क्रममा घाइते भएका सवैको उपचार सरकारले निःशुल्क गर्न माग गरेको छ ।

आन्दोलन माथि दमन नगरी सरकारको तर्फबाट यथासिघ्र वार्ता मार्फत आन्दोलनरत पक्षसंग सम्वाद गर्न समेत माओवादी केन्द्रले आग्रह गरेको छ । पहिचान देखिने गरी पुनः नामाङकन बारे छलफल गर्न पार्टी तयार रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार