Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र इलामद्धारा स्ववियूमा निर्वाचित अखिल क्रान्तिकारी पदाधिकारीलाई सम्मान

माओवादी केन्द्र इलामद्धारा स्ववियूमा निर्वाचित अखिल क्रान्तिकारी पदाधिकारीलाई सम्मान

  • रोशन राई
  • शुक्रबार, चैत्र १७ २०७९


माओवादी केन्द्र इलामद्धारा स्ववियूमा निर्वाचित अखिल क्रान्तिकारी पदाधिकारीलाई सम्मान

इलाम । नेकपा माओवादी केन्द्र नगर कमिटीले स्ववियूमा निर्वाचित अखिल क्रान्तिकारीका पदाधिकारीहरुलाई सम्मान गरेको छ । माओवादी केन्द्रले महेन्द्र रत्न बहुमुखी क्याम्पसका सचिव राजेन्द्र लोहार सहसचिव रेविका राई सदस्यहरु पंकज कार्कि , ज्ञानेन्द्र चापागाईं, शम्भु राई ,पुष्कर वोहोरा, मनिसा दुलाललाई सम्मान गरेको छ ।

संगठनलाई प्रत्यक्ष तथा समानुपातिक तर्फ विजय गराउन मजबुत भुमिका खेल्ने समानुपातिक उम्मेदवारहरु अनन्त तामाङ , रेविका तोलङ्गि, पुजन सावा, प्रवेश राई , प्रकाश काफ्ले, मनिसा मगर, रिसभ राईलाई धन्यवाद पत्र प्रदान गरिएको छ । मंगलबारे क्याम्पसका कोषाध्यक्ष विशाल तामाङ र सदस्य मनिसा बम्जनलाई समेत सम्मान गरिएको छ ।

संगठनलाई प्रत्यक्ष तथा समानुपातिक तर्फ विजय गराउन भुमिका खेलेका मनरथ बास्कोटा, संगिना लिम्बू, अनिसा एक्तेन, गंगा एक्तेन , रमिला बोहोरा, अनुप तामाङ, छेकि शेर्पा , चासुम राई, तुकेशा नेम्वाङ ,लपसन शेर्पा, योगेश काफ्ले, दर्शन चेम्जोङ पुर्ण साउदेन, सनम राई लगायतलाई धन्यवाद पत्र वितरण गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विपिन पोखरेलले जानकारी दिए ।

उनीहरुलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य सोममाया राई सिन्धु, इलाम अध्यक्ष बिजय खम्बु, प्रदेश सदस्य दिपेन राई, नगर अध्यक्ष विक्रम लिम्बु, जिल्ला कमिटीको कार्यालय सचिव प्रकाश परियार, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष नयन बान्तवा लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार