Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेश नामाकरणको विरोधमा सन्दकपुरमा ज्ञापनपत्र र कालो झन्डा

कोशी प्रदेश नामाकरणको विरोधमा सन्दकपुरमा ज्ञापनपत्र र कालो झन्डा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र १७ २०७९


कोशी प्रदेश नामाकरणको विरोधमा सन्दकपुरमा ज्ञापनपत्र र कालो झन्डा

सन्दकपुर । कोशी प्रदेशको नामाकरण खारेजको माग गर्दै सन्दकपुर गाउँपालिका संयुक्त संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । समितिले आज गाउँपालिका अध्यक्ष तुलबहादुर गुरुङ र ५ वटै वडाका वडाध्यक्षलाई ध्यानाकर्षण गराएको हो । उनीहरुले विरोध स्वरुप पालिका कार्यालय र वडा कार्यालयहरुमा कालो झन्डा समेत गाडेका छन् ।

गत फागुन १७ गते तत्कालिन प्रदेश नं १ को नामाकरण कोशी राखिएपछि पहिचानवादीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएर संघर्षका कार्यक्रमहरु गदै आएका छन् । पहिचान सहितको नाम राख्नुपर्ने माग सहित प्रदेशभरीका पालिकाहरुमा विरोध जनाउने तथा तालाबन्दीका कार्यक्रमहरु भइरहेका छन् ।

https://www.facebook.com/Localsandesh/posts/pfbid02zRbYaknsLA3z7udyETH5E4SRZsbb7JDJVgVp4U9aRxZvH6YMJgyeAbL3X2oJs5A6l

प्रतिक्रिया
सम्बन्धित समाचार