Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा करदाता शिक्षा कार्यक्रम

सूर्योदयमा करदाता शिक्षा कार्यक्रम

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १६ २०७९


सूर्योदयमा करदाता शिक्षा कार्यक्रम

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । करदाता सेवा कार्यालय इलामको आयोजना र सूर्योदय नगर उद्योग वाणिज्य संघको सहआयोजनामा शिविर संचालन गरेको हो । पहिलो दिन फिक्कल बजारमा रहेको संघको कार्यालयमा  कार्यक्रम संचालन गरिएको थियो । आज पशुपतिनगरमा  करदाता शिक्षा संचालन गरिएको हो ।कार्यक्रमबाट कर मिसम्याचमा परेका उद्योगी व्यवसायीहरुले कर भुक्तान गरेका छन् ।
के हो मिसम्याच
आयविवरणको अनुसुची १३ मा भरेको र तपाईसँग कारोबार गर्ने (बिक्रेता, क्रेता, साहु, आसामी) ले बुझाएको विवरण फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ । अनुसुची १३ मा तपाईंले बार्षिक एक लाखभन्दा (एकै वा पटक/पटक गरी) रुपैयाँ भन्दा बढि कारोबार (खरिद वा बिक्री) गरेका पार्टी र बर्षान्तमा कसैसँग लाख रुपैयाँभन्दा बढि लिनु वा दिनु भएमा सो विवरण भर्नुपर्दछ। कारोबार गरेकादुबै पक्षले पेश गरेको विवरण एउटै नभएमा, त्यसलाई मिसम्याचमा परेको भनिन्छ ।
मिसम्याचबाट कसरी बच्ने 
मिसम्याचबाट बच्न तपाईंले आर्थिक बर्ष सकिएपछि सबै पार्टीबाट कारोबारको समर्थन पत्र (कन्फरमेसन लेटर) लिन सक्नुहुन्छ । जसबाट तपाईंले बितेको बर्ष हरेक पार्टीसँग कतिको कारोबार भयो र बर्षान्तमा लिनु÷दिनु कति छ भन्ने विवरण अद्यावधिक गर्न सक्नुहुन्छ । त्यसको आधारमा तपाईंले आफ्नो कारोबारमाकुनै हिसाब राख्न गल्ति भए सच्याउन समेत सक्नुहुन्छ। त्यसपछि अनुसुची १३ भर्दा सोहि सच्चाएको विवरण हाले मिसम्याच पर्ने सम्भावना एकदमै न्युन हुन्छ ।
मिसम्याचबाट बचेर सुरक्षित कारोबार कसरी गर्ने
तपाईंको सुरक्षित कारोबार गर्न र नक्कली विलको जोखिमबाट बच्न चाहनु हुन्छ भने सकेसम्म एकाउन्ट पेयी चेकबाट मात्र लेनदेन गर्नुहोस् । आयकर ऐनमा ५० हजार रुपैयाँभन्दा बढिको रकम नगदबाट भुक्तानी गर्दा उक्त खर्च करको लागि अमान्य हुने उल्लेख छ। चेकबाट भुक्तानी गर्दा पनि व्यक्तिको नाममा नकाट्नुहोस् । सम्बन्धित पार्टी (व्यवसायीक फर्म)को नाममामात्र चेक जारी गर्नुहोस्।

सकेसम्म, टिडिएस काटेर भुक्तानी गर्ने प्रयास गर्नुहोस्। ठुलो कारोबार भएमा करार गरेर मात्र खरिद/बिक्री गर्ने बानी बसाल्नुहोस्। प्यान विल र भ्याट विलबाट मात्र कारोबार गर्नुहोस्। यस्ता व्यबहारले तपाईंलाई मिसम्याच र नक्कली विजकबाट बचाउन ठुलो सहयोग पुग्छ। मिसम्याचमा परिहाले पनि यहि प्रमाणले संभावित जरिवानाबाट बच्न सक्नु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार