Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

कोशी नाम खारेजीको माग राख्दै माई र माङसेबुङमा तालाबन्दी

कोशी नाम खारेजीको माग राख्दै माई र माङसेबुङमा तालाबन्दी

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १६ २०७९


कोशी नाम खारेजीको माग राख्दै माई र माङसेबुङमा तालाबन्दी

फिक्कल । ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलकारीले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यस प्रदेशमा चरणबद्व आन्दोलन गर्दै आएको छ ।

यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडाहरुमा तालाबन्दी गरेको थियो । पहिचान पक्षधरहरुले गत चैत्र १४ गते चुलाचुली गाउँपालिकामा समेत तालाबन्दी गरेका थिए । तालाबन्दी पूर्व संघर्ष समितिले इलाम जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै चैत १४ देखि १७ गतेसम्म कार्यालय बन्द गर्न भनेका थिए ।

https://www.facebook.com/Localsandesh/posts/pfbid028eqyUQF3u4YdPSCC3Nc2DB7odS4eUTUUsabEU1eYgwG34maQQSvrN72mug5zKbXYl

 

https://www.facebook.com/Localsandesh/posts/pfbid0SvHyXhpsSgTzetF9Yd1EX4kzN7h8sQysjmBPdMNcUMy7d8hUBiSPaKoxea9mF7Vtl

प्रतिक्रिया
सम्बन्धित समाचार