Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलामको फाकफोकथुम गाउँपालिकामा छुर्पि प्रवद्र्धन कार्यक्रम

इलामको फाकफोकथुम गाउँपालिकामा छुर्पि प्रवद्र्धन कार्यक्रम

  • सुजन तिमल्सिना
  • शनिबार, चैत्र ११ २०७९


इलामको फाकफोकथुम गाउँपालिकामा छुर्पि प्रवद्र्धन कार्यक्रम

इलाम। कुकुरको आहारका लागि युरोप निर्यात हुने छुर्पि उद्योगको क्षमता विस्तारका लागि इलाममा छुर्पी प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । विदेशी मुद्रा आयातका लागि योगदान गरेको छुर्पि उद्योगको क्षमता विस्तार गरि गुणस्तरीय उत्पादनका लागि प्रवद्र्धन कार्यक्रम शुरु भएको हो ।

छुर्पी कुकुरको आहारका लागि विदेश निर्यात हुन्छ । बैदेसिक मुद्रा संचयका लागि छुर्पि युरोप निर्यातबाट सहयोग पुगेको छ । व्यवसायीक रुपमा गाईपालन गरि दूध प्रशोधनबाट बनाइने छुर्पि उत्पादन वृद्धिका लागि फाकफोकथुम गाउँपालिकाले प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ ।

गाईको दूध प्रशोधनबाट बन्ने छुर्पिको उत्पादन गुणस्तरीय बनाउनका लागि प्रवद्र्धनको कार्यक्रम शुरु भएको हो । फाकफोकथुममा छुर्पि उत्पादन गर्ने डेढ सय बढी डेरी उद्योग छन् । ती डेरी उद्योगलाई व्यवस्थित गर्न छुर्पि प्रवद्र्धन कार्यक्रम शुरु भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

छुर्पि प्रवद्र्धन कार्यक्रमबाट उद्योगलाई आवश्यक पर्ने उपकरण खरिद हुनेछ । ३ सय लिटर बढी दूध प्रशोधन गर्ने डेरी उद्योगको प्रविधि स्तरउन्नती गर्न गाउँपालिकाले सहयोग गर्नेछ । संघीय सरकारबाट हस्तान्तरण भएको कार्यक्रमबाट चालु आर्थिक वर्षमा ४ वटा उद्योगहरुको क्षमता विस्तार गर्न अनुदान प्रदान गरिने भएको हो ।
५० प्रतिशत गाउँपालिका र ५० प्रतिशत उद्योगीको लगानीमा डेरी उद्योगहरुको क्षमता विस्तार गर्ने योजना छ ।

चालु आर्थिक वर्षमा छुर्पि प्रवद्र्धन कार्यक्रमका लागि १९ लाख ५० हजार बजेट रहेको छ । फाकफोकथुममा उत्पादन भएको छुर्पि युरोप निर्यातका लागि काठमाडौँ पठाइने गरेको व्यवसायी सुजन श्रेष्ठले बताए । छुर्पि संकलनका लागि अहिले गाउँमा संकलक समेत रहेका छन् । छुर्पि कुकुरका आहारका लागि तेस्रो मुलुक निर्यात हुने गरेको हो । प्रतिकिलो ११ सय रुपैयाँ विनाफ्याटको छुर्पि बिक्रि हुँदै आएको छ । फाकफोकथुमका छुर्पि बनाउने डेरी उद्योगले मासिक १ करोड दूधको रकम किसानलाई भुत्तानी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार