इलाम । इलाम नगरपालिका द्धारा झापाको बि एण्ड सि अस्पतालको सहकार्यमा दूई दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ । इलाम अस्पतालमा आयोजना भएको स्वास्थ्य शिविरको इलाम नगरपालिका प्रमुख केदार थापाले उद्घाटन गरेका छन् ।

इलाम नगरपालिकाको आयोजना, इलाम अस्ताल र बि एण्ड सी अस्पताल बिर्तामोडको सहयोगमा संचालित स्वास्थ्य शिविर भोलीसम्म चल्नेछ । स्वास्थ्य शिविरमा औषधि निशुल्क वितरण समेत हुने इलाम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश बहादूर खड्काले बताए । शिविरमा विभिन्न रोगका बिषेशज्ञ डाक्टरबाट बिरामीको स्वास्थ्य जाँचका साथै औषधि समेत वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा आठ प्रकारको स्त्री रोग, फिजिसियन, हाडजोर्नी, मुटुरोग, बालरोग, नाक कान घाँटी, सर्जरी, क्यान्सर रोगको बारेमा उपचार भइरहेको छ । उद्घाटनको दिन ९ सय १३ जना बिरामीहरुले उपचार गरेका छन् । स्वास्थ्य शिविरमा २ हजार बिरामीको उपचार गर्ने योजना रहेको इलाम नगरपालिका स्वास्थ्य शाखा प्रमुख उपेन्द्रराज खनालले बताए ।