Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिका ४ मा खेलकुद विकास समिति गठन

फाकफोकथुम गाउँपालिका ४ मा खेलकुद विकास समिति गठन

  • लिला लिम्बु
  • बिहिबार, चैत्र ९ २०७९


फाकफोकथुम गाउँपालिका ४ मा खेलकुद विकास समिति गठन

इलाम । इलामको फाकफोकथुम गाउँपालिका चार फुएतप्पामा सात समिति खेलकुद विकास समिति गठन भएको छ। वडाध्यक्ष पदम बहादुर दर्लामीको प्रमुख आथित्यतमा सरोज राई अध्यक्ष रहेको खेलकुद समिति गठन भएको हो । समितिको सचिवमा चेतन बलम्पाकि, कोषाध्यक्ष रोषा राई, सदस्यहरू लिला बहादुर लिम्बु, लाल बहादुर श्रेष्ठ, सृजना बराइली र प्रविन बलम्पाकि समिति चयन भएको वडा सदस्य तारबिर मगरले जानकारी दिए ।
प्रमुख अतिथि वडाध्यक्ष पदम बहादुर दर्लामीले नयाँ खेलकुद समितिका सवै सदस्यहरूलाई आगामि दिन खेलकुद द्वारा फाकफोकथुम चार फुएतप्पालाई खेलकुद मार्फत चिनाउन आगामी दिन महत्वपूर्ण योगदान रहोस भन्दै कार्यकाल सफल तथा शुभकामना दिए । कार्यक्रममा खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष फर्षमान दंगालिले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामनाका दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार