इलाम । इलामको ममाइपोखरीको पर्यटन प्रवद्र्धनका लागि नेपाली सेनाले हरेक वर्ष म्याराथुम प्रतियोगिता आयोजना गर्ने भएको छ । इलामको पर्यटन प्रवद्र्धनका लागि गर्नको लागी बैशाख १ गते हरेक बर्ष माइपोखरी म्याराथुन आयोजना गर्ने निर्णय भएको हो । नेपाल पर्यटन बोर्ड र नेपाली सेनाको सहकार्यमा म्याराथुन प्रतियोगिता आयोजना हुनेछ । म्याथुन प्रतियोगिताबारे इलामको रणशार्दुल गणमा अन्तरिक्रिात्मक बैठक पनि सम्पन्न भएको छ ।
बैठकमा नगर प्रमुख केदार थापा ,सन्दकपुर गाउपालिका अध्यक्ष तुराराम गुरुङ , प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल , प्रमुख प्रशासकिय अधिकृत महेश राई, रणशार्दुल गण गढिथुम्का इलामका प्रमुख सेनानी सुनिल सुवेदी , सशस्त्र प्रहरी बल इलामका प्रमुख द्रोण बिष्ट, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरे, इलाम नगर पर्यटन प्रबर्द्धन समितीका अध्यक्ष धर्म गौतम र इलाममा विद्युत उत्पादन गर्दै आएको जनलविद्युत आयोजनाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । म्याथुन प्रतियोगिताले इलामको पर्यटनलाई प्रवद्र्धन गर्ने भएकाले आगामि दिनमा बार्षिक पात्रो बनाएर लागु गर्नुपर्ने इलाम नगरप्रमुख केदार थापाले सुझाव दिएका थिए ।
महिला र पुरुष दुवैजनाको म्याराथुन प्रतियोगिता हुने सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । राईका अनुसार म्याराथुन प्रतियोगिताका लागि १० लाख बजेट आवश्यक पर्नेछ ।
म्याराथुन प्रतियोगितामा १० स्थानसम्मका बिजेतालाई पुरस्कार वितरण गर्ने योजना रहेको छ ।