Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

बंगुरको मूल्य नहुदा चुलाचुलीका किसान समस्या

बंगुरको मूल्य नहुदा चुलाचुलीका किसान समस्या

  • सुजन तिमल्सिना
  • बुधबार, चैत्र ८ २०७९


बंगुरको मूल्य नहुदा चुलाचुलीका किसान समस्या

चुलाचुली । बंगुरको उचित मूल्य नपाएपछि इलामको चुलाचुली गाउँपालिकाका भित्रका किसान समस्यामा परेका छन् । बजारमा बंगुरको खुद्रा मासुको मूल्य नघटेपनि व्यवसायीबाट जिउँदो बंगुरको उचित मूल्य नपाएपछि किसान समस्यामा परेका हुन् ।
चुलाचुली गाउँपालिका इलामका किसानले बंगुर उत्पादन गरेपनि अहिले बजार मूल्य राम्रो पाएका छैनन् । बंगुरको मासुको खुद्रा मूल्यमा कमि नभएपनि किसानको हातमा उचित मूल्य पुग्न सकेको छैन ।
बंगुरको उत्पादन वृद्धि भएपनि बजारमा माग कमि भएका कारण किसानले मूल्य पाउन नसकेका हुन् । नेपालमा उत्पादन भएको बंगुरु भारत र भुटान सम्म निर्यात हुने गरेपनि अहिले ठप्प रहेको छ ।
बंगुरले खाने दानाको मूल्य वृद्धि भएपनि व्यवसायीले मुल्य नलगाउने गरेको चुलाचुलीका किसान गोपाल मगरले बताए ।
बंगुरको मासु अहिले बजारमा प्रतिकिलो ३ सय रुपैयाँदेखि साढे तीन सयमा बिक्रि हुँदै आएको छ । तर जिउँदो बंगुरको मूल्य व्यवसायीले प्रतिकिलो सय रुपैयाँमा दिने गरेका छन् । बंगुर पालनबाट राम्रो आम्दानी हुन थालेपछि किसानले लगानि बढाएर उत्पादनमा वृद्धि ल्याएपनि बजार माग खस्किदा किसानको लगानी जोखिममा छ । फार्म स्थापना गरि किसानले चुलाचुली गाउँपालिकामा व्यवसायीक बंगुर पालन गर्दै आएका छन् । बंगुर फार्मका संचालकलाई बढी क्षति हुन नदिन सहयोग गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
कोरोना माहामारी अघि भारत र भुटानसम्म नेपालको बंगुर निर्यात हुने गरेको थियो । उत्पादन बढी र आन्तरिक बजारमा खपत कम भएका कारण बंगुर पालक किसानको करोडौँ लागानी अहिले जोखिममा छ । किसानको लगानी जोखिमबाट जोगाउन सरकारले अन्तराष्ट्रिय बजार खोज्न सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार