कन्याम । चारैतिर चिया वारी थुम्का थुम्का मिलेर बनेको डाँडामा सल्लाको लहर मेचि राजमार्ग लाई छोडेर डाँडा माथि उक्लेर हेर्दा बिहानीको मिर्मिरेमा पश्चिम बंगालको खाडी तथा बंगोप सागर को छाल बाट उदाउने सुर्योदयको दृश्यावलोकनको लागि अन्तु डाँडा त्यति मात्रै नभै नेपाल र भारत का विभिन्न भूभाग हरुको साथै झापा तिरका फाँटिला दृश्य पनि आँखामा कैद गर्न सकिने ।
यहि हो प्राकृतिक एसिको उपनाम पाएको चीर परिचित पर्यटकीय नगरी सुर्योदय नगरपालिकामा अवस्थित कन्यामको यथार्थ चित्रण । वर्षको बाह्रै महिना प्राय आन्तरिक तथा वाह्य पर्यटकको घुईचो लाग्ने कन्याम पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यको रुपमा विकास हुदै गए पनि यहाँको प्रमुख समस्या फोहोर मैला व्यवस्थापन भने सबैको टाउको दुखाउको विषय बन्दै गएको थियोे । स्थानीय सरकारले जतिसुकै कन्याम व्युटिफिकेशन को लागि वजेट विनियोजन गरे पनि फोहोर मैलाको उचित व्यवस्थापनको अभावमा कन्यामको सौर्न्दर्यमा कालो धव्वा बनेको मूलत फोहोर मैला नै थियोे ।

गत माघ १६ गते बाट कन्याम पर्यटकिय क्षेत्र सरसफाई समितिले इलामको शान सूर्योदय कन्याम, फोहोरमैला मुक्त हाम्रो अभियानू भन्ने नारा लिएर थालेको सरसफाई अभियानले सातौ हप्तामा प्रवेश गरे सँगै कन्याम फोहोर मुक्त बन्दै गएको छ ।कन्याम मुख्य चोक बाट १ किमी टाढा देउराली थलथले लगायतका ठाउँ सम्म सरसफाई अभियानमा स्वतस्फूर्त रुपमा स्थानीय हरु जुटिरहेका छन् ।

कन्याम भित्र सन्चालित होटल व्यवसायी ,ट्रली व्यावसायी , घोडचढी संघ तथा वडा को संयुक्त प्रयासमा सरसफाइ अभियान साप्ताहिक रुपमा निरन्तर चले सँगै कन्याम फोहोर मुक्त बन्दै गएको हो । पर्यटीकय हव को रुपमा विकास कन्याम त्यसै पनि विगतको स्वरुपमा छैन फराकिलो राजमार्ग,व्यवस्थित प्रकारले राखिएको आईटम आाईटमका ट्रली पसल, करिव चालिसको संख्यामा रहेका घोडचढी व्यवसायी हरु, कल्चरल ड्रेस मा पोज पोजको फोटो खिच्ने हरुको ताँती , साँझ पर्ना साथ ठाउँ ठाउँमा जडान गरिएको झिलीमिली बत्ती ले आदिले कन्यामको सौर्न्दर्यमा रौनक्ता थपिएको छ ।साप्ताहिक रुपमा सरसफाइ अभियान सन्चालनमा आए पछि त झन यसको सौन्दर्यमा वृद्धि हुने अपेक्षा राख्दछन् स्थानीय व्यावसायी लालबहादुर रायमाझी । सरसफाइका क्रममा
त्यसै गरी चिया बगान एरियामा विभिन्न पेय पदार्थको बोतल फुटाएको धेरै पाईएकोले त्यसलाई प्रयोग कर्ता आफैले त्यसको व्यवस्थापन गर्नु पर्ने होटल व्यवसायी टेकराज गिरीले सुझाव दिए छन् ूखास गरि चियाबारी बिचमा बियरको बोतल फाल्ने फुटाउने कार्य धेरै पाइयो । पर्यटकहरूलाइ ड्राइपिकनिक आउँदा डाँडाडाँडामा खाएको खाना का फोहोर र पेय पदार्थको बोतल नफुटाइ आफैले झोलामा बोकेर उचित स्थानमा त्यसको व्यवस्थापन गर्नु पर्दछ । कन्याम पर्यटकिय क्षेत्र सरसफाई समितिका सचिव तथा होटल ग्रीन कार्पेट का सन्चालक यज्ञराज गिरीले सबै बाट सहयोग प्राप्त भए अभियान निरन्तर चलिरहने जानकारी दिए।