Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

महेन्द्र रत्न बहुमुखि क्याम्पसमा स्ववियु उमेद्धवारको परिचायात्मक कार्यक्रम

महेन्द्र रत्न बहुमुखि क्याम्पसमा स्ववियु उमेद्धवारको परिचायात्मक कार्यक्रम

  • शेखर तिमसिना
  • मंगलबार, फाल्गुन ३० २०७९


महेन्द्र रत्न बहुमुखि क्याम्पसमा स्ववियु उमेद्धवारको परिचायात्मक कार्यक्रम

इलाम । महेन्द्र रत्न बहुमुखि क्याम्पस इलाममा स्ववियु उमेद्धवारको परिचायात्मक कार्यक्रम सम्पन्न भएको छ । स्ववियु निर्वाचन अधिकृत कृष्ण खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचनमा उमेद्धवार भएका सामानुपातिका र प्रत्यक्ष तर्फका सदस्यहरुले परिचय राखेका थिए ।

त्यस्तै प्रत्यक्षतर्फ उमेद्धवारि दर्ता गरेका सचिव र अध्यक्ष पदका उमेद्धवारहरुले आफ्नो परिचय सहित एजेण्डाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सचिव पदका उमेद्धवार राजेन्द्र लोहार, किरण गौतमले आफ्नो एजेण्डा प्रस्तुत गरेका थिए ।

त्यस्तै अध्यक्ष पदका उमेद्धवार दर्शन राई, याकु राई र बिनोद पुलामी मगरले आफ्नो चुनावी एजेण्डका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख खगेन्द्र चापागाईले निर्देशनात्मक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार