इलाम । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुका विरुद्ध बिप्लव नेतृत्वको नेकपाले इलाममा प्रदर्शन गरेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । इलामका विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरुको पनि सहभागी रहेको थियो ।

उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेका छन् । इलामको रत्नचौकबाट शुरु भएको र्याली इलामको चौक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोषसभामा नेकपा विप्लवका नेताहरुले सम्बोधन गरेका थिए ।
