Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रथम माई आइडलको अन्तिम चरणका लागि नौ जना छनौट

प्रथम माई आइडलको अन्तिम चरणका लागि नौ जना छनौट

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन ३० २०७९


प्रथम माई आइडलको अन्तिम चरणका लागि नौ जना छनौट

माई । प्रथम माई आइडल अन्तर्गत अन्तिम चरणको अडिसनका लागि नौ जना छनौट भएका छन्। सोमवार दानाबारीमा सम्पन्न भएको गायन प्रतियोगितामा अरुण खाती, अनिल राई, सुबास रामदाम, केशव दुलाल, अन्जना सेन्चुरी, निरोज मगर, शान्ता लिम्बु,आदित्य खाती र आशिष कालिकोटे छनौट भएका छन्।

पारिजात युवा समुह माई नगरपालिकाको आयोजनामा भएको प्रतिभा छनौट कार्यक्रममा सङ्गीत गुरु दीपक रायमाझी प्रमुख निर्णायक रहेका छन् । चिसापानी,दानावारी र महमाईबाट यस अघिनै प्रथम अडिसन सम्पन्न भएको र सोमबार दानाबारी अडिसन सम्पन्न गरिएको हो।

दानाबारीको अडिसनबाट ८ जना, चिसापानीबाट ८ जना र महमाईबाट ९ जना गरि २५ जना छनौट गरिएकोमा बिभिन्न अडिसनबाट ९ जना छनौट गरिएको आयोजक संस्थाका अध्यक्ष अनिलकुमार तामाङ्ले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार