अन्तु । इलामको सुर्योदय नगरपालिका ५ रोङटोलको जङ्गलमा भिषण आगलागी भएको छ । आगलालागि पछिको पहिरोमा परि एक वृद्ध घाइते भएका छन् । आगलागीपछि सुख्खा पहिरो गएको र माथिबाट खसेको ढुङ्गाले लागेर एक वृद्ध घाइते भएको सुर्दशन लेप्चाले बताए । घाइते हुनेमा बम बहादूर लाप्चा रहेका छन् । घाइतेको देब्रे हातमा ढुङ्गाले लाग्दा गम्भिर चोट लागेको छ ।

घाइते भएका लाप्चाको स्थानीय स्वास्थ्यकर्मी घटनास्थलमा नै बोलाएर प्रारम्भिक उपचार गरिएको सूर्योदय नगरपालिका ५ का अध्यक्ष उर्गेन तामाङले बताए । उनको थप उपचारका लागि भोली फिक्कलको प्राथमिक स्वास्थ्य चौकीमा लगिने वडाध्यक्ष तामाङले बताए ।

आगलागीका कारण सुर्योदय-५ को रोङ टोल क्षेत्रको सडक पनि अवरुद्ध भएको छ । आगलागीपछि सडकको माथिल्लो क्षेत्रबाट ढुङ्गा र सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएपनि आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले बताए ।