Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

अदालती कारवाहीमा प्रचण्ड लतार्ने दुस्साह षडयन्त्रको रुप : माओवादी केन्द्र

अदालती कारवाहीमा प्रचण्ड लतार्ने दुस्साह षडयन्त्रको रुप : माओवादी केन्द्र

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन २४ २०७९


अदालती कारवाहीमा प्रचण्ड लतार्ने दुस्साह षडयन्त्रको रुप : माओवादी केन्द्र

इलाम । नेकपा माओवादी केन्द्र प्रदेश समितिले अदालती कारवाहीमा प्रचण्डलाई लतार्ने दुस्साहस लामो समय देखि तानावाना बुनिएको षडयन्त्रको एउटा रुपक भएको बताएको छ । प्रदेश समितिले अपिल जारी गर्दै युद्ध र आन्दोलनको बलमा हजारौ बर्ष देखि रैती बनाइएका नेपालीहरुलाई सार्वभौम नागरिकमा फेरिएको उल्लेख छ ।

माओवादी केन्द्रले युद्ध र आन्दोलनको ज्वार घट्नुसंगै विभिन्न आवरणमा लुकेका प्रतिक्रियावादीहरु आफ्नो सक्कली रुपमा प्रकट भएको बताएको छ । प्रदेश अध्यक्ष मिक्सो र प्रदेश इन्चार्ज पार्थद्धारा हस्ताक्षरित अपिलमा महानजनयुद्धका कमाण्डर तथा जनआन्दोलनसंगै युद्धको उर्जालाई समाहित गर्ने पार्टीका अध्यक्ष प्रचण्ड जनवैरीहरुको पहिला निशाना भएको उल्लेख छ ।

‘ राजतन्त्रको अध्यारो सुरुङबाट जनतन्त्रको नयाँ युगको बिहानीमा आइपुगेको नेपाललाई पुनः अँध्यारोतर्फ धकेल्ने प्रतिक्रियावादीका कुचेष्टाहरुकाबाट सजग भएर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी प्रजातन्त्रको रक्षा र विकासमा कटिवद्ध रहन हामी सम्पुर्ण जनसमुदायसंग हार्दिक अनुरोध गर्दछौ ।’ अपिलमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार