इलाम । पुर्वजनमुक्ति सेना नेपाल प्रदेश कमिटीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिटमा आपत्ति जनाएको छ । विज्ञप्ती जारी गर्दै पुर्वजनमुक्तिले दश बर्षे जनयुद्ध र दोश्रो जनआन्दोलनको जगमा स्थापित वर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धीहरु विरुद्धका गतिविधिलाई भत्सर्ना गरेको छ ।
विज्ञप्तीमा शान्ति प्रक्रियासंग जोडिएका बिषयहरु विस्तृत शान्ति सम्झौताको मुल मर्म र भावना अनुरुप व्यवस्थापन गरेर मात्र शान्ति प्रक्रिया पुरा हुने जनाएको छ । प्रदेश अध्यक्ष रामकुमार राई राजेश र सचिव प्रदिप कुमार राई सौगताद्धारा हस्ताक्षरित विज्ञप्तीमा संक्रमणकालिन न्यायसंग सम्बन्धित बिषय सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउनका लागि आवश्यक कानुनी एवम संस्थागत व्यवस्थाका लागि पहल गर्न सरकारसंग माग राखेको छ ।
विज्ञप्तीमा थप लेखिएको छ ‘ जनयुद्धका क्रममा मारिएका व्यक्तिहरुको जिम्मेवारी लिएको भनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्ध सर्वोच्चका नकावधारी माननीय न्यायधिश इश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट रिट दर्ता गर्ने आदेश पछि रिट निवेदन दर्ता हुनु २०७९ फागुन २५ गते विहान १० बजे पेसी तारिखमा यस अदालतमा आउनु भनि बोलाउनु देशमा शान्ति अमनचयन नचाहने विदेशी प्रभुहरुको दलालहरुले देशलाई पुनः गृह युद्ध तिर धकेल्ने चेष्टा गरेको हाम्रो संगठनको ठहर छ । ’
