इलाम । इलामको रोङ गाउँपालिका ३ स्थित कुट्टिडाँडामा सुविधासम्पन्न पार्किङको निर्माण हुने भएको छ । कोशी प्रदेशको लगानीमा निर्माण हुने पार्किङस्थलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेशका शहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईले उक्त पार्किङको शिलान्यास गरेका हुन् । प्रदेश सरकारको २ करोड ८५ लाख ३४ हजार ७ सय १५ रुपैयाँ २३ पैसाको लागतमा किरात माई भगवती जेभी इलामले निर्माणको जिम्मा पाएको छ ।

२०८१ असार २८ गते सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको रोङ गाउँपालिका अध्यक्ष सुवास स्याङ्बोले बताए । कार्यक्रममा प्रदेश सांसद समसेर राई, खिनु लङ्वा लिम्बु, शहरी विकास मन्त्रालयका सचिव मोहन चापागाई गाउँपालिकाका अध्यक्ष, सुबास स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया भुजेल, पूर्व सासंद धिरन्द्र सर्मा, शहरी विकास तथा भवन कार्यालय इलामका प्रमुख रिजनिस झाको उपस्थिति रहेको थियो ।
