Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार सुसेलीलाई

रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार सुसेलीलाई

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १८ २०७९


रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार सुसेलीलाई

इलाम : नेपाल प्रेस युनियन इलामले स्थापना गरेको रामप्रसाद दुलाल स्मृती पत्रकारिता पुरस्कार इलामका अग्रज पत्रकार सोम सुसेलीलाई प्रदान गरिने भएको छ । प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा युनियनले स्थापना गरेको पुरस्कार यसवर्ष सुसेलीलाई दिइने निर्णय भएको सचिव टीका खतिवडाले जानकारी दिए ।

पुरस्कारको राशी नगद २० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कार आगामी चैत्र वितरण गरिने खतिवडाले जानकारी दिए । सुसेली विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी इलामबाट सञ्चालन भइरहेको रेडियो नेपालवाणी एफएमको स्टेसन म्यानेजर हुन् । सुसेलीको नेतृत्वमा इलामबाट इलाम एक्प्रेस दैनिक समेत सञ्चालन भइरहेको छ ।

२०४६ सालमा साप्ताहिक बिचारदेखि पत्रकारिता सुरु गरेका सुसेलीले यस गोरखापत्र दैनिक, न्युज २४ टेलिभिजन, एभिन्युज टेलिभिजन, इमेज टेलिभिजन लगायतमा समेत काम गरिसकेका छन् । इलाममा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारलाई पुरस्कार प्रदान गरिने सो पुरस्कारबाट अघिल्लो वर्ष विजयशेखर भट्टराई पुरस्कृत भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार