इलाम। २५ दिनदेखि बेपत्ता भएका इलाम गोदकका एकब्यक्ति शनिबार मृत अवस्थामा फेला परेका छन् । नगरपालिका–१० गोदक जौबारीका ५१ बर्षिय राजेन्द्र अधिकारी सूर्योदय नगरपालिका–१४ लक्ष्मिपुर स्थित जिमिखाँदमा रहेको कोइखोप सामुदायिक बनमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।
घाँस–दाउरा गर्न गएका स्थानीयले दिउँसो करिब साढे ३ बजे मान्छे झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिगत केहि समय अघिदेखि मानसिक सन्तुलन समेत गुमाएका अधिकारी गत मंसिर १३ गते घरबाट निस्केर हिँडेपछि फर्किएका थिएनन् । उनको परिवारले खोजतलास धेरै गरेपनि फेला नपरेका अधिकारी अन्तत २५ दिनपछि मृत अवस्थामा फेला परेका हुन । मृतक अधिकारीका श्रीमती एक छोरा र एक छोरी छन् ।