Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

अहिलेको अस्थिरताको कारण नै एमाले : माओवादी नेता आङ्बो

अहिलेको अस्थिरताको कारण नै एमाले : माओवादी नेता आङ्बो

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १५ २०७९


अहिलेको अस्थिरताको कारण नै एमाले : माओवादी नेता आङ्बो

इलाम । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम प्रदेश १ का पुर्व अर्थमन्त्री इन्द्र आङबो मौसमले एमालेका कारण संसद विघटन र नेकपा विभाजन अहिलेको अस्थिरताको कारण भएको बताएका छन् ।

उनले यो निर्वाचन प्रणाली रहेसम्म जुनसुकै दलसँग पनि सहकार्यको ढोका कहिल्यै बन्द नहुने बाध्यतालाइ बुझेर सम्यम र धैर्य हुनुको विकल्प नभएको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्

‘ प्रत्येक पटक सत्ता बहिर्गमनको घटनाक्रम र संकेत संगै धोका, अस्थिरता,वैदेशिक चलखेलको आदिको आरोप उत्रने एमाले कणहरुले सामन्त गोयलको मध्यरातमा बालुवाटार प्रबेश संगै नेकपा नेतृत्वको २ तिहाईको संसद असंबैधानिक ढङ्गले २÷२ पटक विघटन,न्यायलयमा हस्तक्षेप गरि गरिएको नेकपा बिभाजन र बिभाजनको खुसिमा चोक चोकमा दिपावली गरि मनाइएको उत्सव चटक्कै भुल्नु हुन्छ । ससद विघटन र नेकपा बिभाजन नै यो अस्थिरताको प्रमुख कारण हो भन्ने सत्य कहिल्यै बिर्सन सकिन्न।नचाहेर पनि यो निर्वाचन प्रणाली रहेसम्म जुनसुकै दलसँग पनि सहकार्यको ढोका कहिल्यै बन्द नहुने बाध्यतालाइ बुझेर सम्यम र धैर्य हुनुको विकल्प छैन है कमरेडहरु’

https://www.facebook.com/mausam.limbu.7/posts/pfbid02gKCJVJ2WoqfYtB1pVoLoTX44jffXGeS48QaEYhVJWBML6BTJuBPJWQ99ubtreVYhl

प्रतिक्रिया
सम्बन्धित समाचार