काठमाडौं : नेकपा एमालेले उपाध्यक्ष सुवाचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए। आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन्।
नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति पदमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङले जित्ने बताएका छन्। पार्टीले राष्ट्रपति पदमा नेम्वाङलाई उठाउने निर्णय गरेपछि बधाई दिँदै जित्ने निश्चित भएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ ।’