Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रपति निर्वाचनमा माओवादीसहित चार दल एकैठाउँ उभिए

राष्ट्रपति निर्वाचनमा माओवादीसहित चार दल एकैठाउँ उभिए

  • लोकल सन्देश
  • शुक्रबार, फाल्गुन १२ २०७९


राष्ट्रपति निर्वाचनमा माओवादीसहित चार दल एकैठाउँ उभिए

काठमाडौं : चार दलले आज अपराह्न ५ बजे राष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउने भएको छ। बालुवाटारमा बसेको चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका शीर्ष नेताबीच ५ बजे राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने निर्णय भएको महामन्त्री गगन थापाले जानकारी दिए।

उनले चार दलबीच साझा समझदारी बनेको र आ–आफ्ना पार्टीभित्र छलफल गरेर टुंगो लगाउने बताएका हुन्। राष्ट्रपतिको उम्मेदवारको रुपमा कांग्रेस र एकीकृत समाजवादी पार्टीबाट प्रस्ताव आएको थियो। ‘कांग्रेसले आफ्नो राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गर्यो। अन्य प्रस्ताव पनि आएको छ। हामी एकै ठाउँमा उभिन्छौं। प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार