Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

बुद्धिजीवी परिषद् माईमा खनाल

बुद्धिजीवी परिषद् माईमा खनाल

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन ११ २०७९


बुद्धिजीवी परिषद् माईमा खनाल

माई । नेपाल बुद्धिजीवी परिषद्‌ माईको प्रथम अधिवेशनबाट तारानाथ खनालको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ। “सम्पूर्ण प्रगतिशिल देशभक्त, लोकतान्त्रिक बुद्धिजीवी एक हौ” भन्ने नाराका साथ सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्ष खेमराज ढकाल, सचिव हरि प्रसाद रिजाल उप-सचिव – नवराज अधिकारी र राधा तामाङ्, कोषाध्यक्ष विमल कुमार दाहाल चयन भएका छन् ।

बिभिन्न क्षेत्रबाट सहभागीता रहेको कमिटीको सदस्यहरुमा इश्वर प्रसाद राई, केशर कुमार राई, चेतराज रेग्मी, विनोद श्रेष्ठ, देउकुमार कार्की, मिनादेवी धिताल, तान्छोहाङ आङदेम्बे, टेकेन्द्र विष्ट, तोयानाथ घिमिरे र खड्ग योगी निर्बाचित भएको निर्वाचन मण्डलका संयोजक मुखराज आङ्देम्बेले जानकारी गराए ।

निर्बाचित पदाधिकारी तथा सदस्यलाई एमाले जिल्ला कमिटी सदस्य वाई बि योङहाङले शपथग्रहण गराएका थिए । सर्बसम्मत नेतृत्व चयनका लागि मुखराज आङ्देम्बे संयोजकत्वमा कमल नेपाल र खेमराज लिम्बु सदस्य रहेको निर्वाचन मण्डल चयन भएको थियो।

यसै बिच नेपाल बुद्धिजीवी परिषद् माई नगर समितिको पहिलो बैठकले मिना चेम्जोङ लिम्बूलाई सदस्यमा मनोनित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार