Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम प्रहरीबाट १४ वटा चोरीका मोटरसाईकल पक्राउ

इलाम प्रहरीबाट १४ वटा चोरीका मोटरसाईकल पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १० २०७९


इलाम प्रहरीबाट १४ वटा चोरीका मोटरसाईकल पक्राउ

इलाम : इलाम प्रहरीले पुस यता जिल्लाका विभिन्न स्थानबाट १४ वटा चोरीको मोटरसाइकल पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न जिल्लालगायत भारतबाट चोरी गरी ल्याईएका मोटरसाईकहरुलाई पक्राउ गर्न सञ्चालन गरेको अभियानमा पक्राउ गतेको हो ।

जिल्लाको विभिन्न स्थानहरुमा चेकजाच गर्ने, चेक पोइन्ट स्थापना गर्ने र संकित मोटरसाईकलहरु सम्बन्धमा विशेष अनुसन्धान गर्ने क्रममा कागजपत्र नभएका वटा मोटरसाईकल पक्राउ गरी अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही अभियान अन्तर्गत केही समय पहिला पनि चोरी गर्दागदैको अवस्थामा चोरीका ७ वटा मोटरसाईकल र चोरीमा संलग्नलाई पक्राउ गरी कानुनी कार्वाहीको प्रकृयामा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले मातहतका सबै प्रहरी इकाईहरुलाई अभियानकै रुपमा यो सरप्राईज चेक प्वाईन्ट खडा गरी कागजपत्र नभएका मोटरसाईकल पक्राउ गर्न निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार