Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

‘म हुनजेल रगतको अभावमा ज्यान गुमाउनु पर्नेछैन’

‘म हुनजेल रगतको अभावमा ज्यान गुमाउनु पर्नेछैन’

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ८ २०७९


‘म हुनजेल रगतको अभावमा ज्यान गुमाउनु पर्नेछैन’

इलाम । इलामका समाजसेवी रतन कुमार चौधरीले म हुन जेल इलाममा रगतको अभावमा ज्यान गुमाउनु पर्नेछैन भनेर घोषणा गरेका छन । राष्ट्रिय युवा सङ्घ नेपाल इलाम नगर कमिटीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताएका हुन ।

चौधरीले समाज सेवामा गर्नु धेरै छ मैले गरेको सानु प्रयास पर्याप्त भने छैन भन्दै रगत अभावकै कारण इलाममा कसैले ज्यान गुमाउन नपर्ने बताएका हुन । सबै मिलेर अघि बढे आगामी दिनमा पनि सफलता मिल्ने बताए । लामो समयदेखि समाजसेवामा लागेका चौधरीले इलामका सहयोगी हातहरू नामक संस्था दर्ता गरी ब्लड बैक सञ्चालन गरिरहेका छन ।

चौधरीको परिवारको व्याक्तिमा ब्लड आवश्यक पर्दा कसैबाट नपाएपछि आफ्नो मात्र नभई यो समस्या धेरै जनाको हो भन्ने मनमा पसेर इलाममा ब्लड बैक आवश्यक छ भनेर सुरु गरेको भन्दै जिल्लामा निःशुल्क रक्तदान गर्नुहुने युवाहरूको सहयोग अतुलनीय रहेको बताए । समाजसेवा गरेकै कारण उनी राष्ट्रिय सम्मानबाट समेत सम्मानित भइसकेका छन ।
चौधरी सम्मानित
समाजसेवी रतन चौधरीलाई राष्ट्रिय युवा सङ्घ नेपाल इलाम नगर कमिटीले सम्मान गरेको छ । उनलाई इलाम निर्वाचन क्षेत्र नं १ का सांसद महेश बस्नेतले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका छन । सम्मान कार्यक्रम पश्चात् बोल्दै बस्नेतले जिल्लाको समाज सेवामा सहयोगी व्यक्ति सम्मानित हुनुले जिल्लाकै गौरव रहेको बताए ।

उनले इलाममा रगत अभाव हुन नदिन गरेको महत्त्वपूर्ण योगदान गरेको भन्दै रतन चौधरी इलामका लागि महत्त्वपूर्ण व्यक्तित्व रहेको बताए । समाजका हरेक विकृति विसङ्गतिका विरुदमा क्रियाशील रहेको युवासँगले समाजसेवी व्यक्तित्वलाई सम्मान गरेर उदाहरणीय काम गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार