Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही सिफारिस

दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही सिफारिस

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन ६ २०७९


दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही सिफारिस

काठमाडौं : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको एमाले प्रदेश कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए।

बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट निष्काशित गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। प्रसाईंले केही दिनअगाडि पूर्व राजा ज्ञानेन्द्र शाहलाई राखेर धर्म र राष्ट्रियता बचाउने अभियान सुरु गरेका थिए। प्रदेश कमिटीको बैठकमा अनुपस्थित हुने, स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई कारबाहीका लागि सिफारिस गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार