Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

भ्यालेन्टाइन डे मा ट्राफिक सचेतना कार्यक्रम

भ्यालेन्टाइन डे मा ट्राफिक सचेतना कार्यक्रम

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २ २०७९


भ्यालेन्टाइन डे मा ट्राफिक सचेतना कार्यक्रम

फिक्कल । प्रणय दिवस ( भ्यालेन्टाइन डे) को अवसर पारेर रोङ विद्यार्थी एकता समितिले ट्राफिक सचेतना कार्यक्रम जोरकलश मा सम्पन्न गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्मेवारी म मा’ भन्ने नाराका साथ आज जोरकलश मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

रोङ विद्यार्थी एकता समितिका अध्यक्ष बिमल कट्टेलको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासको प्रमुख आतिथ्यता रहेको थियो । रोङ विद्यार्थी एकता समिति को आयोजना तथा पर्यटन सुचना केन्द्र जोरकलश ट्राफिक प्रहरी पोष्ट जोरकलश अंकुरण फाउन्डेसन रोङ को सहकार्यमा कार्यक्रम भएको हो ।

मेची राजमार्गमा गुड्ने सवारी साधन मा मादक पदार्थ सेवन गरि सवारी नचलाउने प्रतिबद्धता सहितको ‘मेरो परिवार र यात्रुको जिम्मेवारी म मा’ लेखिएको स्टिकर टास्नुका साथै सवारी चालक लाई प्रेम दिवसको उपलक्ष्यमा प्रेमको प्रतीक गुलाफ फुल समेत प्रदान गरिएको थियो ।

विद्यार्थीले गरेको काम को प्रशंसा गर्दै खवासले प्रणय दिवसको दिन कतिपय विद्यार्थीहरु आफ्नो प्रेमी प्रेमिका सग घुमफिर गरिरहदा रोङ विद्यार्थी एकता समितिका विद्यार्थीहरुको तत्परताका लागि गाउँपालिका सदैव आभार रहने बताइन् । उनले आगामी दिनमा रोङ विद्यार्थी एकता समितिसग सदैब सहकार्य गरेर जाने र पालिकाले गर्नु पर्ने सहयोग बाट कहिले पछि नपर्ने बताइन् ।

ट्राफिक नियम सबैले मान्नुपर्ने र सबैलाइ सचेत गराउन पनि प्रहरी समक्ष अनुरोध गरिन् । कार्यक्रमका अध्यक्ष कट्टेलले इलाम र झापा बिचको सिमाना भएकाले ठाउँलाई अति संबेदनसिल ठाउँ मानी शान्तिक सुरक्षा कायम गरिदिन अनुरोध गरे । रोङ विद्यार्थी एकता समिति बिबेक कार्कीले स्वागत मन्तब राखेको कार्यक्रममा किटेनी प्रहरी चौकिका इन्चार्ज सई भानु मगर लगायत ले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम रोङ विद्यार्थी एकता समिति सदस्य गृष्मा सापकोटाले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार