Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

शम्भु राई र प्रदिप देवानको गीतमा छमछमि नाचे जनयुद्धका पूर्व जनमुक्ति सेना (फोटो फिचर)

शम्भु राई र प्रदिप देवानको गीतमा छमछमि नाचे जनयुद्धका पूर्व जनमुक्ति सेना (फोटो फिचर)

  • रोशन राई
  • मंगलबार, फाल्गुन २ २०७९


शम्भु राई र प्रदिप देवानको गीतमा छमछमि नाचे जनयुद्धका पूर्व जनमुक्ति सेना (फोटो फिचर)

दोमुखा (झापा) । फागुन १ गते झापा र इलामको सीमा क्षेत्र पर्यटकीय क्षेत्र दोमुखाको माहोल नै फरक थियो । प्रेम जोडि र परिवारसहित घुम्न पुग्ने पर्यटकीय क्षेत्र दोमुखामा मानिसहरुको जमघट फरकै हुन्थ्यो । तर फागुन १ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि गरिएको गरिएको शसस्त्र जनयुद्धको स्थापना दिवसमा प्रदेश १ भरीका जनमुक्ति सेनाको भिडभाड बाक्लो थियो ।


सरकारले पनि शसस्त्र जनयुद्ध शुरु भएको दिन जनयुद्ध दिवस मनाउने र बिदान दिने निर्णय भएपछि युद्धमा लडेका जनसेना उत्साहित रुपमा उपस्थित भएका थिए । जनयुद्धका कयौँ लडाईमा लडेका तर अहिले नेकपा माओवादी केन्द्र पार्टि परित्याग गरि एमालेमा प्रवेश गरेका र विभिन्न समूहमा विभाजित भएका लडाकूहरुको पनि बाक्लो उपस्थिति थियो ।


जनमुक्ति सेना नेपाल प्रदेश १ समितिले शान्ति प्रक्रियासँगै घर फर्किएका जनसेनाहरुको पुनः मिलन कार्यक्रम १२ वर्षपछि गरेको थियो । जनयुद्ध दिवस र जनसेना पुनः मिलन कार्यक्रममा असाधारण उपस्थिति भएपछि आयोजक समीतिका सदस्यहरुनै छक्क परेका थिए ।

‘हामीले २ सय देखि ४ सयसम्म सम्पर्कमा आउने अनुमान थियो एक हजार २ सय ६६ जनाको उपस्थिति रह्रयो आयोजक समितिका संसार राईले भने–‘अस्थायी सिविरबाट घर फर्किएका जनसेनाहरुको अवस्थाबारे जानकारी लिने र आगामि योजनाका बारेमा छलफल भएको छ ।’

दिवसमा उपस्थित सयौँ पूर्व जनयुद्धका सेनाहरुको पुनः मिलनसँगै सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । सास्कृतिक कार्यक्रममा लोकप्रिय गायक सम्भु राई, जनकलाकार प्रदिप देवान,आधुनिक देवान र नवराज विश्वकर्मा ‘इस्लाम’ को गितमा जनसेनाहरु छमछमि नाचका थिए । जनताका अधिकारका लागि १० वर्षसम्म युद्ध लडेका जनसेनाहरुलाई लोकप्रिय गायक शम्भु राईले पूर्वीले लोक संगीतबाट नचाएका थिए । गायक राईले चलेस बतास सूस्तरी, धानै नाचौला हो, पालम गाउँला लगायत ६ वटा बढी गितको प्रस्तुति दिएका थिए ।

त्यस्तै जनयुद्धमा जनसेनाहरुसँगै हिडेका जनकलाकार प्रदिप देवानले अरुण तरेर नाना तमोर तरेर, लाल झुपडिका मान्छेहरु, बसै हिड्नेको ताँतीले लगायत दर्जन बढी गित प्रस्तुत गरेका थिए । जनयुद्ध दिवस तथा पुनः मिलन कार्यक्रममा सगैँ युद्ध लडेका जनसेनाहरुले आफ्ना सुख दुःखका कुरा आदनप्रदानसँगै गीतसंगीतमा रमाएका थिए । पुनः मिलन कार्यक्रमले निरास अनुहारहरुमा नयाँ उर्जा प्राप्त भएको पूर्व जनमुति सेना डम्बर पुलामी कर्माले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार