Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

जनयुद्ध दिवसको अवसरमा इलाममा दिपप्रज्वलन

जनयुद्ध दिवसको अवसरमा इलाममा दिपप्रज्वलन

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २ २०७९


जनयुद्ध दिवसको अवसरमा इलाममा दिपप्रज्वलन

इलाम । इलाममा २८ औ जनयुद्ध दिवसको अवसरमा दिपप्रज्वलन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा नेकपा माओवादी केन्द्र र भातृ संगठनले दिपप्रज्वलन गरेका हुन् । माओवादी केन्द्र इलाम नगर कमिटीले चोक बजारमा दिपप्रज्वलन गरेको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) १ प्रदेश समिति सचिवालय सदस्य एवं इलाम जिल्ला सहइन्चार्ज सोम माया राइ सिन्धुले जनयुद्धको महत्व, आवस्यकता र जनयुद्ध बाट प्राप्त उपलब्धि बारेमा आफ्नो धारणा व्यक्त गरिन् । कार्यक्रमको संचालन एवं सहभागीलाइ धन्यवाद सहित पार्टीका इलाम नगर कार्यवाहक अध्यक्ष एवं वाइसीएल केन्द्रिय सचिवालय सदस्य विक्रम लिम्बुले कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा पार्टीको प्रदेश समिति, जिल्ला समिति, इलाम नगर समितिका नेता, युवा तथा विद्यार्थीका नेता एवं इलामेली नागरिकको बाक्लो उपस्थिति रहेको थियो । जनयुद्ध दिवसको अवसरमा इलामको माई नगरपालिका–६ मा समेत दिपप्रज्वलन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार