पाँचथर। जनयुद्धको दिवसमा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सार्वजनीक बिदा दिने भएको छ । पालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो । निमित्त प्रमुख प्रशासकिय अधिकृत योगेन्द्र राईले आज एक सुचना जारी गर्दै फागुन १ गते गाउँपालिका क्षेत्र भर सवै सरकारी कार्यालय र विद्यालयमा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
मिक्लाजुङ गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका अमरराज माखिम र उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार शेर्मा रहेका छन् । यसअघि फालेलुङ गाउँपालिकाले माघ २८ को कार्यपालिकाबाट जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
फालेलुङको अध्यक्षमा नेपाली कांग्रेसका वीर विक्रम थाम्सुहाङ र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका महेन्द्र जवेगु रहेका छन् ।
