चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं.–३ को आयोजनामा २ दिने मद्यपान तथा लागूऔषध न्युनिरकण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक वजेटबाट आयोजित कार्यक्रममा वडाका ५० भन्दा बढी लाभग्राहीहरूले प्रत्यक्ष सहभागिता जनाएका थिए ।
वडाका प्रत्येक टोल समितिका प्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, विभिन्न सरोकारवाला संघसंस्थाहरूका प्रतिनिधीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मानसिक तथा मनोसामाजिक सहयोग संस्था चुलाचुलीका प्रमुख मणि केरूङले सहजीकरण गरेका थिए । पेल्टिमारी प्रहरी चौकीका प्रमुख भिम भुजेलले मद्यपान तथा लागू औषधको दुरूपयोगले निम्त्याउने कानुनी समस्याहरूको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मध्यपान तथा लागूऔषध सेवनले निम्त्याउने समस्याहरूको बारेमा सहभागीहरूसंग अन्तरकृयात्मक सवाल जवाफ पनि गरिएको थियो । सहभागिहरूले यस्ता कार्यक्रमहरू प्रत्येक टोल–टोलमा आयोजना गर्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रम चुलाचुली वडा नं.३ को सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ, वडा सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव उत्सव कट्टेलले गरेका थिए ।