इलाम । नेपाल रेडक्रस सोसाइटी इलामको ३६ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेसनका अवसरमा नवनिर्मित सभाहल सहितको भवन उद्घाटन गरिएको छ । इलाम नगरपालिकाका प्रमख केदार थापाले भवनको उद्घाटन गरेका हुन् । जिल्लाका विभिन्न स्थानीय तह, संघसंस्था र दाताहरुको सहयोगमा ७३ लाख ८९ हजारमा भवन निर्माण भएको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दाताहरुको सम्मान गरिएको थियो । अधिवेसनले जिल्ला शाखा सभापति सहित केहि पदाधिकारी निर्विरोध चयन गरेको छ । सभापतिमा शिव प्रसाद गौतम , उपसभापतिमा रतन चौधरी, महिला उपसभापतिमा उर्मिला निरौला, मंत्रीमा रविन्द्र प्रसाद श्रेष्ठ, उप–कोषाध्यक्षमा विजयशेखर भट्टराई, महिला सदस्यमा हरिकला श्रेष्ठ, गोमा बराल, र रिता अधिकारी निर्विरोध चयन भएका छन् । बाँकी पदाधिकारी र सदस्यहरुको चुनाव शनिबार हुने भएको छ ।