फाफोकथुम । फाकफोक थुम चार साबिक फुएतप्पामा आर्थिक बर्ष ०७९र८०को बजेट बिनियोजन चार लाख बराबरको मकैको बिउ र तरकारी बिउ बितरण गरिएको छ । फाकफोकथुम गाउँपालिका कृषि शाखा मार्फत १६ सय किलो मकै र तरकारीको बिउ खरीद गरीएको वडा अध्यक्ष पदम बहादुर दर्लामीले बताए ।
मकै तथा तरकारी बिउ खरिद गरी वडा चार साबिक फुएतप्पाका प्रत्येक घरधुरी कृषकहरूलाई वितरण गरिने लक्ष्य सहित पहिलो दिन ३ सय ४५जना कृषकहरूलाई वितरण गरिएको वडा सदस्य गजेन्द्र लिम्बुले जानकारी दिए ।
पहिलो दिन कृषकहरू मकै तथा तरकारी बिउ लिन वडा कार्यालयमा आउने कृषकहरूको भीड भएपनि भीडलाई लाइन लगाएर नाम दर्ता गरी क्रमशः वितरण गरिएको थियो। नयाँ केहि जनप्रतिनिधिहरू फेरिएसंगै सुचनाको राम्रो संप्रेषण भएकोले कृषकहरू खुशी भई कृषकहरूले जनप्रतिनिधिहरूको प्रशंसा गरीरहेका थिए।
बिगतका भएका कमिकमजोरीहरु अहिल्ेका जनप्रतिनिधिहरूले सच्याएर किसानलाई खबर तथा सुचना प्रवाह गरि मकै तथा तरकारी बिउ बितरण गर्ने गरिएकोमा किसान खुशि भएका थिए । मकै तथा तरकारी बिउ बितरण सकेसम्म वडा नं चारका सबै घरधुरीका कृषकहरूलाई वितरण गरिने वडाध्यक्ष पदम दर्लामीले जानकारी दिए ।