Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माईमा राष्ट्रिय जनसांस्कृतिक महासंघको नगर भेला आयोजक समिति गठन

माईमा राष्ट्रिय जनसांस्कृतिक महासंघको नगर भेला आयोजक समिति गठन

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २३ २०७९


माईमा राष्ट्रिय जनसांस्कृतिक महासंघको नगर भेला आयोजक समिति गठन

माई । इलामको माई नगरपालिकामा राष्ट्रिय जनसांस्कृतिक महासंघको १३ सदस्यीय नगर भेला आयोजक कमिटी गठन भएको छ । नेकपा एमाले निकट कलाकारहरुको संगठन नगर संयोजकमा निरोज मगर र सचिवमा संगम सुब्बा चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमाले इलाम जिल्ला कमिटी उपसचिव बिष्णु माया रिमालको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा जनसांस्कृति महासंघका केन्द्रीय सदस्य एवम इलाम इन्चार्च, रगुन गुरुङ , इलाम सांस्कृतिक फांट इन्चार्ज दीप किशोर लिङ्दम , प्रदेश सहकोषाध्यक्ष राजेश चाम्लिङ , जिल्ला उपाध्यक्ष गायात्रा ओली, जिल्ला कमिटी सदस्य तेजेन्द्र तामाङ, झापा अध्यक्ष शिव सेढाई लगायतको आतिथ्यता रहेको थियो ।

आगामी दिनमा भाषा साहित्य , गीत संगीत , नाटक , चलचित्र , ललितकला सम्बन्धी बिबिध कार्यक्रमहरुको आयोजना गर्दै जाने निर्णय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार