मंगलबारे । उत्पीडित बर्ग उत्थान(दलित)नगर समन्वय समिति देउमाई नगरपालिकाको अध्यक्षमा टिकाराम बराइली निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा नारद शंकरलाई हराउँदै बराइली अध्यक्ष निर्वाचित भएका हुन् । बराइलीले ८२ मत पाउँदा शंकरले ४२ मत पाए ।
उपाध्यक्षमा गोपाल दियाली र पवित्र नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा अंकित बराइली निर्वाचित भए । उनले हर्क बहादुर खाती लाई हराएका हुन् । अंकितले ५३ मत पाउँदा निकटतम हर्क बहादुरले ३२ मत पाए । अर्का उपाध्यक्षमा उम्मेदवार देउमान बराइलीले ३० मत पाए ।
सहसचिवमा बेदमाया विश्वकर्मा र कोषाध्यक्ष पुजा परियार सर्वसम्मत निर्वाचित भए । समितिको सदस्यहरुमा विक्रम धमला, घनश्याम मग्राती, रेश बहादुर दर्जी, बुद्धि बल विश्वकर्मा, सन्तोष परियार, कृष्णमाया परियार र दिलमाया मग्राती निर्वाचित भए ।