फिक्कल । इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० बर्षिय शेर बहादुर त्रिखत्री रहेका छन् । शुक्रबार बिहान घर नजिकैको जंगलमा अम्लिसो घाँसको सिटा डढाउने क्रममा आगोमा फसेर उनको मृत्यु भएको हो । मृतकको शुक्रबार नै पोष्टमार्टम गरेर आज दाहसंस्कार गरिएको छ ।