काठमाडौं : पृथ्वीको भण्डारमा धेरै आश्चर्य र अकल्पनीय छन्। चिसो ध्रुवहरू देखि अत्याधिक तातो क्षेत्र भुमध्य क्षेत्र जस्ता रहस्यमय खोजबाट नयाँ तथ्यहरु पत्ता लाग्छन्। अमेरिका र रसियालाई प्रशान्त महासागरले छुट्याएको छ। तर यी २ देश बिचको समय भने एक दिनकै फरक पाइन्छ। अमेरिका र रसियाको सिमानको ३.८ किलोमिटर दूरीका २ टापु छन् जसको समयान्तर २१ घण्टा छ।
विश्वको सबैभन्दा ठूलो देश रसियाको टापु बिग डायोमेड्स र अमेरिकी सहर लिटिल डायोमेड्स बाट २.४ माइल अर्थात् ३.८ किलोमिटर दूरीमा छ। तर, दुई क्षेत्रबीचको समयमा २१ घण्टाको अन्तर छ। एउटा नदीले दुई क्षेत्रलाईक एकअर्काबाट अलग गर्छ। रसियाको भागलाई टुमरो आइल्यान्ड र अमेरिकी भागलाई यस्टर्डे आइल्यान्ड भनिन्छ।
बेरिङ स्ट्रिटले २ वटा टापुलाई छुट्याएको छ। टापुहरू ग्रीक पादरी डायमेडिजको सम्मानमा नाम दिइएको छ। डेनिस रसियन नाभी भिटस बेरिङले १६ अगस्ट १७२८ मा डायोमेड्स टापुहरू देखेका थिए, जुन दिन रूसी चर्चले सन्तको सम्झना मनाउँछ। भौगोलिक दूरी नजिक भए पनि समय फरक हुनुको कारण हो भूमध्य रेखा।
प्रशान्त महासागरलाई चिरेर गएको भूमध्ये रेखाले यी २ दीपलाई उत्तरी र दक्षिणी गोलार्धमा विभाजित गरेको कारण १ दिनको फरक रहेको छ। बिग डायोमेड्स भुमध्ये रेखाबाट १।३ किलोमिटर पुर्वमा रहेको छ। लिटिल डायोमेड्स भुमध्ये रेखाबाट ६ सय मिटरको दुरीमा भएको कारण समय २१ घण्टाको फरक रहेको अन्तराष्ट्रिय संचारमाध्यममा प्रकाशित विभिन्न लेखहरुमा उल्लेख छ।

big diomede
सन् १८६७ मा जब संयुक्त राज्य अमेरिकाले रूसबाट अलास्का किन्यो सन्धी अनुसार दुईवटा साना टापुहरूलाई सीमाना कोर्नको लागि बेन्चमार्कको रूपमा प्रयोग गर्न थालिएको हो। जसले समान रूपमा अमेरिकाको क्रुसेन्स्टर्न टापु (इग्लाजिक) र रसियाको रत्मानोभ टापु (नुनारबुक) बाट विभाजित गर्नेछ। टापुहरु अहिले अलग अलग देश र महादेशको हिस्साको रुपमा १५५ बर्ष देखि कायम रहि आएका छन्।
डायोमेड टापुका इनुपियाट समुदायका आदिवासीहरु साइबेरिया र अलास्का बीच सिकार गर्न, माछा र आफन्तहरुलाई भेट्न स्वतन्त्र रूपमा यात्रा गर्न सक्थे। प्रत्येक जनवरीमा, एउटा बरफको पुल दुई महाद्वीपहरू जोड्ने भएकाले अमेरिका र एशियाको बीचमा हिँडेर यात्रा गर्न सकिन्थ्यो जसलाई बरफको पर्दा अर्थात् ‘आइस कटेन’ भनिन्छ। तर, सन् १९४८ मा शीतयुद्ध सुरु भएपछि शक्ति प्रदर्शन सुरु भयो। जसले सिमाना बन्द गरी परिवारहरूलाई सदाका लागि विभाजन गरिदियो।
रुस र अमेरिका दुवैले टापुहरूमा सैन्य अड्डाहरू बनाएका छन्। शितयुद्ध अघि रसिया क्षेत्रमा समेत मानिसहरुको बसोबास रहेको थियो। अमेरिकासँगको शितयुद्धका कारण रुसले आफ्ना नागरिकहरुलाई साइबेरियामा सारेको थियो। सन् २०२० को तथ्यांकअनुसार अमेरिका क्षेत्रको लिटिल डायोमेडमा ८३ जना बसोबास गर्छन्।

Little Diomede village, facing North, with Little Diomede Island in the background.
सन् १९९० मा यस क्षेत्रमा १७८ जना बसोबास रहेको थियो। गर्मी मौसममा यस क्षेत्रमा ४ देखि १० डिग्री सेल्सियस तापक्रम हुन्छ। तर जाडोमा माइनस १४ डिग्रीसम्म पुग्छ। डिसेम्बर र जुनको बीचमा, यो क्षेत्र पूर्ण रूपमा हिउँले ढाकिन्छ। यस क्षेत्रका बासिन्दाले प्रतिघण्टा ९० देखि १४५ किलोमिटरको हावाको सामना गर्नुपर्ने हुन्छ। गर्मीमा पनि यहाँको उच्चतम तापक्रम १० डिग्रीसम्म पुग्छ। जाडोमा तापमान माइनस १४ डिग्रीसम्म पुग्छ। डिसेम्बर र जुनको बीचमा, यो क्षेत्र पूर्ण रूपमा हिउँले ढाकिन्छ।
सन् १९८७ मा अमेरिकी पौडीबाज लिन कोक्सले विश्वव्यापी मित्रताको इशाराको रूपमा डायोमेड्स बीचको बेरिङ स्ट्रेट पौडी गर्ने आफ्नो योजना घोषणा गरिन् । साढे दुई माइलको दूरी निपुण पौडीबाजका लागि चिसो आर्कटिक तापक्रम समस्या थियो। कोक्सका औंलाहरू पानीमा खैरो भए र उनले बाँच्नका लागि निरन्तर हिँड्नुपर्ने कुरा पत्ता लगाइन्। पौडी खेल्नु अघिल्लो रात सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचेभ आफैले कोक्सलाई बिग डायोमेड टापुमा प्रवेश गर्न अनुमति दिन हस्तक्षेप गरेका थिए।
जब उनी सोभियत माटोमा आइपुग्दा एउटा सानो समुद्र तटमा पार्टी र तातो चियाले भरिएका समोवरहरूद्वारा स्वागत गरिएको थियो। वाशिंगटन डीसी शिखर सम्मेलनमा, गोर्बाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले संयुक्त रूपमा उनको उपलब्धिलाई बधाई दिएका थिए। उनको कार्यले शितयुद्ध अन्त्यका लागि थोरै भए पनि भूमिका खेलेको थियो।
सन् २०१२ बाट बेरिङ स्ट्रेटको रूसी तट एक बन्द सैन्य क्षेत्र भएको छ। संगठित यात्राहरू र विशेष अनुमतिहरूको प्रयोगमार्फत विदेशीहरूको लागि भ्रमण गर्न सम्भव छ। तर सबै आगमनहरू एयरपोर्ट वा क्रुज पोर्ट मार्फत बेरिङ स्ट्रेट नजिकैको अनादिर वा प्रोभिडेनिया बन्दरगाहमा पुग्नुपर्छ। अनाधिकृत यात्रुहरू जो स्ट्रेट पार गरेपछि किनारमा आइपुगे भने भिसा भएकाहरूलाई पनि गिरफ्तार जरिवाना, निर्वासित र भविष्यको भिसाबाट प्रतिबन्धित हुन सक्छन्।
विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित सामग्रीको सहयोगबाट