इलाम । पत्रकार राम योङहाङको मोटरसाइकल चोरी भएको छ । झापाको दमकको पेली होटलमा राखिएको प्रदेश १–०३–०१ प १०३१ नम्बरको १५० सिसिको कालो–रातो पल्सर मोटरसाइकल गए राती हराएको हो । नेपाल पत्रकार महासंघ इलाम जिल्ला कोषाध्यक्ष तथा फोनिज इलाम जिल्ला अध्यक्ष समेत रहेका योङहाङले मोटरसाइकल खोजी गरिदिन आग्रह गरेका छन् ।
