Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

आचार्यको आत्मदाह राज्यको आम विकृती विरुद्धको संगिन प्रश्न होः उद्योग वाणिज्य संघ

आचार्यको आत्मदाह राज्यको आम विकृती विरुद्धको संगिन प्रश्न होः उद्योग वाणिज्य संघ

  • लोकल सन्देश
  • बिहिबार, माघ १२ २०७९


आचार्यको आत्मदाह राज्यको आम विकृती विरुद्धको संगिन प्रश्न होः उद्योग वाणिज्य संघ

फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं ११ का प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह राज्यको आम विकृती विरुद्धको संगिन प्रश्न भएको भन्दै सूर्योदय नगर उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । एकजना उद्यमी सदस्यलाई आर्थिक अब्यवस्था र राज्यको नितीगत झमेलाको बोझका कारण गुमाउनु दुखद् अवस्था भएको भन्दै संघले एकपटक देशको आर्थिक अवस्थाका बारेमा सोच्न राज्य संयन्त्रलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष प्रमोद राईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि, “आचार्यले निरन्तर स्थानीय स्तरमै उद्यममशिलताका लागि लामो संघर्ष गर्नुभएको थियो । स्थानीय कृषि उपजलाई बजारिकरणका लागी उहाँले गर्नुभएको योगदानलाई साथ दिन नसक्नु सरकार र सरोकारवालाको गम्भिर कमजोरी थियो ।” आचार्यले आत्मदाह गर्नु अघि सामाजिक सन्जालमा सार्वजनिक गरेको २५ बुँदे सुझावलाई तत्काल मार्ग चित्रका रुपमा अघि सार्न संघले आग्रह गरेको छ ।

यस घटनाले आम ब्यवसायी तथा उद्यमीलाई निराश बनाएको भन्दै विज्ञप्तिमा भनिएको छ, “राज्यको नितीकै कारण कतिप ब्यवसायी तथा उद्यमीहरु प्लायन भएको विषयमा वाणिज्य संघले पटकपटक ध्यानााकर्षण गराउँदै आएको सबैमा जानकारी नै छ । यस्तो अवस्था आउन नदिनका लागि राज्य बेलैमा गम्भीर हुन जरुरी छ । अबका दिनमा कुनैपनि ब्यवसायी तथा उद्यमीले आचार्यको जस्तो नियती भोग्नु नपरोस् ।” मृतक आचार्यको परिवार अभिभावक विहिन भएको भन्दै राज्यले यथाशिघ्र उचित सहयोग गर्न संघले माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार