इलाम : आत्मदाहको प्रयास गर्ने इलामका प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । आज साझ आचार्यको स्वास्थ्य अवस्था बुझन स्वास्थ्य राज्यमन्त्री डा। तोषिमा कार्की कीर्तिपुर अस्पतालमा पुगेकी छन् ।। राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिएकी छन् ।
राज्यमन्त्री कार्कीले भनिन्, ‘‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’’अस्पतालका चिकित्सक डा। सुरेन्द्र जङ्ग बस्नेतले उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उहाँको अवस्था चिन्ताजनक रहेको बताए । उनले भनिन्, ‘‘आचार्य होसमा रहेको र मान्छे चिन्नु भएको छ ।’’
आचार्यलाई त्यहाँको बर्न अस्पतालमा राखिएको छ । मङ्गलबार नै नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको असफल प्रयास गरेका थिए ।