Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनाकाे प्रगति सार्वजनिक

इलाम नगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनाकाे प्रगति सार्वजनिक

  • सन्देश सम्बाददाता
  • मंगलबार, माघ १० २०७९


इलाम नगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनाकाे प्रगति सार्वजनिक

इलाम । इलाम नगरपालिकाले हालसम्मको उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी नगरबासीको सेवा प्रवाहका लागि गरिएका मुख्य उपलब्धिहरु नागरपालिकाले सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा इलाम नगरपालिकाले विभिन्न ८ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले मुख्यगरी व्यवस्थित पशु बधशाला निर्माण, तीन सय बेडको अस्पताल स्थापना गर्न पहल गरेको, फाल्गुनन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज नियमित उडान सुरुवात गरेकोलगायत विभिन्न विषयतगत शाखामार्फत ३० वटा काम प्राथमिकताका साथ थालिएको नगर प्रमुख केदार थापाले बताए ।

सदरमुकाम रहेको नगरपालिकाले जिल्लाका सबै संघसंस्थासँग समन्वय गर्नुपर्ने भएकाले संघ र प्रदेश सरकारले पनि बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने इलाम नगरपालिकाले माग समेत गरेको छ ।

पत्रकार सम्मेलनमा उपप्रमुख विष्णु लिम्बू दाहाल, प्रमुख प्रशासकिय अधिकृत गणेश खड्का, नगर प्रवक्ता नुतनदेव दुलाल, वडाध्यक्षहरुलगायतले नगरको विकासमा संचार क्षेत्रले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार