इलाम । इलामका प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना र शसस्त्र प्रहरी बल १ नम्बर हेड क्वाटर इलामका प्रमुख एसपि सुरेश सापकोटाको बिदाई गरिएको छ । कर्मचारीको साझा संस्था कर्मचारी मिलन केन्द्र इलामले एक कार्यक्रमको आयोजना गरि ढुङ्गाना र सापकोटाको बिदाई गरिएको हो ।

कर्मचारी मिलन केन्द्रको कार्यालयमा मिलन केन्द्रका अध्यक्ष प्रेम प्रसाद काफ्लेको अध्यक्षता र उच्च अदालत विराटनगर इलाम इजालासका माननिय न्यायधिस गिताप्रसाद तिमसिनाको प्रमुख आथित्यतामा ढुङ्गाना र सापकोटाको बिदाई गरिएको थियो । विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि उच्च अदालत विराटनगर इलाम इजालासका माननिय न्यायधिस गिताप्रसाद तिमसिना सेवा प्रभावका क्रममा देशका विभिन्न क्षेत्रमा पुग्नुपर्ने नियमिति प्रक्रिया भएकाले सरुवा भएर जाँदै नयाँ उर्जा प्राप्त हुने भएकाले नयाँ ठाउँमा उर्जाका साथ काम गर्न ढुङ्गाना र सापकोटालाई सुभकामना दिए ।

१ वर्ष १५ दिन इलामको प्रशासनिक नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना मधेस प्रदेशको सप्तरी सरुवा भएका छन् ।
त्यस्तै १ वर्ष ४ दिन इलाम बसि गणको प्रमुख रहेका सुरेश सापकोटा शसस्त्र प्रहरी बलकै स्टाफ कजेज काठमाडौँ सरुवा भएका छन् । विदाई हुने दुवैजनाले स्थानीय, प्रदेश र संघीय संसदको चुनाव सफलताका साथ सम्पन्न भएको छ ।

बिदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सु–शासन र सेवा प्रभावका क्षेत्रमा सोचे अनुसार सुधार नभएपनि धेरै कामहरुको प्रगतिले इलाम बसाई अविस्मरणिय रहेको बताए । बिदाई कार्यक्रममा बोल्दै शसस्त्र प्रहरी बल इलामका प्रमुख सुरेस सापकोटाले इलामको बसाई अविस्मरणिय रहेको बताए । काम गर्ने सिलसिलामा कुनै अवरोध र रोकटोक नहुने इलामको बिशेषता कहिल्यै नविसर्ने सापकोटाले बताए ।
इलामका सरकारी कार्यालयहरुका प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य दान बहादूर श्रेष्ठले राखेका थिए ।